काठमाडौँ / सूर्या लाइफ इनस्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको यही जेठ ३१ गते बसेको सञ्चालक समितिको २९३ ओँ बैठकले आज असार १ गतेदेखि लागू हुने गरी खड्कालाई सिइओमा नियुक्त गरेको हो ।
सिइओ खड्का कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । कम्पनीले उनलाई ४ बर्षका लागि करारमा सिइओ नियुक्त गरिएको कम्पनी सचिव राजु राजचलले जानकारी दिए ।