म्याग्दी / बर्षाले देशका विभिन्न क्षेत्रमा क्षति पुर्याइरहेको छ । कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ ।
कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान ।
तस्वीर : सन्तोष गौतम/रासस
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत गलुवामा खसेको पहिरो । पहिरोले करिडोर अवरुद्ध छ । तस्वीर : तारानाथ आचार्य/रासस
निरन्तरको वर्षापछि आएको पहिराले जोखिममा परेको तनहुँको व्यास नगरपालिका–६ काफ्लेफाँटका घर । पहिराका कारण यहाँका दुई घर जोखिममा छन् ।
तस्वीर : कृष्ण न्यौपाने/रासस
काठेखोलामा आएको बाढीले क्षति पु-याएको बागलुङ नगरपालिका– १ मालढुंगामा रहेको पक्की पुलमा क्षति । पुलमा क्षति पुगेसँगै जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।
तस्वीरः तारानाथ आचार्य / रासस