सुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ? 

सुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ? 

अर्थ डबली
बुधवार, असार २ २०७८
अर्थ डबली
बुधवार, असार २ २०७८ (अर्काइभ बाट)
  • सुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ? 

    काठमाडौँ / स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ ९२ हजार ६०० रुपैयाँ रहेको छ । 
    मंगलबार छापावाल सुनको भाउ ९३ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ७०० रुपैयाँ रहेको थियो । 
    यता, चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला एक हजार ३५५ रुपैयाँ रहेकोमा आज बुधबार एक हजार ३६० रुपैयाँ रहेको छ । 

    images

    साताको लोकप्रीय