काठमाडौँ / नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन भएका ४.७९ प्रतिशत विकास ऋणपत्र २०८३ “घ” नेप्सेले सूचिकृत गरेको छ ।
पाँच बर्षे अवधिको १५ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र नेप्सले आज बुधबार सूचीकरण गरेको हो । राष्ट्र बैंकले गत जेठ १३ गते निष्काशन गरेको सो विकास ऋणपत्रको ब्याजदर ४.७९ प्रतिशत रहेको छ भने अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गर्ने जनाएको छ ।
उक्त ऋणपत्रको साँवा भुक्तानी २०८३ जेठ १३ गते हुनेछ ।