मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकद्वारा सुझाव सङ्कलन शुरू 

मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकद्वारा सुझाव सङ्कलन शुरू 

अर्थ डबली
शुक्रवार, असार ४ २०७८
अर्थ डबली
शुक्रवार, असार ४ २०७८ (अर्काइभ बाट)
  • मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकद्वारा सुझाव सङ्कलन शुरू 

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले मौद्रिक नीति निर्माणका लागि सुझाव सङ्कलन शुरू गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम प्रत्येक बर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको नेपालको केन्द्रिय बैंकले आगामी आर्थिक बर्ष २०७८र७९ को मौद्रिक नीतिका लागि सरोकारवालाहरुबाट सुझाव माग गरेको हो ।

    images
    images

    राष्ट्र बैंकले सरकारले जेठ १५ गते आगामी आव २०७८।७९ का लागि बजेट सार्वजनिक गरेपछि त्यसका कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंक, वित्तीय संस्था, व्यवसायिक सङ्गठन, तथा सरोकारवाला निकायसँग मौद्रिक नीतिका लागि सुझाव सङ्कलन शुरु गरेको हो । 

    आफ्ना राय सुझाव व्यक्त गर्नका लागि केन्द्रीय बैंकले बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना उपलब्ध गराएको छ । 

    साताको लोकप्रीय