मेगा बैंकले ल्यायो फोनबाटै सहजै कर्जा प्राप्त गर्न सकिने सुविधा, २ लाख रुपैंयाँसम्म कर्जा पाइने 

मेगा बैंकले ल्यायो फोनबाटै सहजै कर्जा प्राप्त गर्न सकिने सुविधा, २ लाख रुपैंयाँसम्म कर्जा पाइने 

अर्थ डबली
शुक्रवार, असार ४ २०७८
अर्थ डबली
शुक्रवार, असार ४ २०७८ (अर्काइभ बाट)
  • मेगा बैंकले ल्यायो फोनबाटै सहजै कर्जा प्राप्त गर्न सकिने सुविधा, २ लाख रुपैंयाँसम्म कर्जा पाइने 

    काठमाडौँ / मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । 

    images

    आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रा.लि. सँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो ।

    यस सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैंया उपभोग गर्न सक्नेछन् । 

    बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले बताउनुभयो । 

    मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाईन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकहरुले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु पर्दैन ।

    कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाईन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ । 

    साताको लोकप्रीय