मुलुकमा कोरोना माहामारीले आक्रान्त छ । दैनिक सयभन्दा बढिले कोरोना संक्रमणकै कारण ज्यान गुमाउन बाध्य भएका छन् ।
स्वास्थ्या तथा जन संख्या मन्त्रालयका अनुसार हिजो मंगलबार मात्रै १०८ जनाले ज्यान गुमाए । आफूलाई कोरोना संक्रमण भइसकेपछि पनि के कस्तो अवस्थामा छु भन्ने मापन गर्न कतिसम्म गाह्रो हुँदा अस्पतालसम्म पुग्ने भन्ने विषय अझै सर्वसाधरण जानकार नहुन सक्छ ।
के हो पोष्ट कोभिड समस्या सरकारले टिप्सका रुपमा यस्ता विषयबारे ज्ञानहरु दिएको छ । कोरोना संक्रमण भइसकेपछि पनि अलि अलि जिउ दुख्ने गल्ने हुन सक्छ । सामान्य अवस्थामा आत्ति हाल्नु पर्ने अवस्था नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, पनि यी अवस्थामा ध्यान दिन भनेको छ ।
१. धेरै नै थकाई लाग्ने, धेरै नै कमजोरी महसुुस हुने ।
२. एकाएक रक्तचाप बढ्ने र घट्ने ।
३. कालो ढुसीका लक्षणहरु देखिने ।
४. श्वास फेर्न गाह्रो हुने ।
५. निद्रा नलाग्ने, डिप्रेसन जस्ता लक्षण देखिने ।
६. थोरै समय हिड्दा पनि स्वाँ स्वाँ हुने ।