सङ्गीतले बढाउँछ सङ्क्रमितमा मनोबल

सङ्गीतले बढाउँछ सङ्क्रमितमा मनोबल

अर्थ डबली
शनिवार, असार ५ २०७८
अर्थ डबली
शनिवार, असार ५ २०७८ (अर्काइभ बाट)
  • सङ्गीतले बढाउँछ सङ्क्रमितमा मनोबल

    कोरोना (कोभिड–१९) सङ्क्रमितको मनोबल बढाउन स्वास्थ्यकर्मीले सङ्गीत चिकित्सा विधि अपनाउने गरेका छन् ।

    images
    images

    कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान तालिम केन्द्रको आइसोलेसन सेन्टरमा दैनिक दुई पटक नाचगान गरी रमाइलो गरिँदै आएको छ । 

    एचडीयू (हाई डिपेन्डेन्सी युनिट)मा रहेकादेखि सामान्य अवस्थाका सङ्क्रमितका लागि सङ्गीत चिकित्सा गर्ने गरेको चिकित्सक अनिश धामीले जानकारी दिनुभयो ।

    उहाँले सङ्क्रमित मानसिक रूपमा कमजोर हुने भएकाले उनीहरूको मनोबल बढाउन म्युजिक थेरापीले सहयोग गर्ने बताउनुभयो ।

    केन्द्रमा कोरोना उपचारमा संलग्न नर्स दुर्गा सिलवालले हरेक बिरामीलाई सङ्गीत थेरापीले राम्रो प्रभाव पारेको बताउनुभयो । “कति बिरामी कोभिड भयो भनेर आत्तिने हुन्छन्, हामीले यो रोगसँग लड्ने हो, डराउने होइन । मनोरञ्जन गर्नुपर्छ । यसले आत्मबल बढाउनुको साथै मानसिक समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ”, उहाँले भन्नुभयो ।
    आजको गोरखापत्र दैनिकमा समाचार छ । 

    साताको लोकप्रीय