आज बजारमा फलफूल, तरकारी, र माछाको मूल्य कति होला ? हेर्नुस् मूल्यविवरण

आज बजारमा फलफूल, तरकारी, र माछाको मूल्य कति होला ? हेर्नुस् मूल्यविवरण

अर्थ डबली
सोमवार, असार ७ २०७८
अर्थ डबली
सोमवार, असार ७ २०७८ (अर्काइभ बाट)
  • आज बजारमा फलफूल, तरकारी, र माछाको मूल्य कति होला ? हेर्नुस् मूल्यविवरण

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको मूल्य विवरण प्रकाशित गरेको छ ।

    images
    images

    जसअनुसार आज हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २६५ रुपैयाँ, अदुवा, ७५ रुपैयाँ, अनार २९० रुपैयाँ, कलकत्ते आँप ८५ रुपैयाँ, चोसा आँप ८५ रुपैयाँ, मालदह आँप ९५ रुपैयाँ, दसहरी आँप ८५ रुपैयाँ रहेको छ ।

    यता, तरकारीतर्फ रातो आलु प्रतिकेजी ४९ रुपैयाँ, भारतीय रातो आलु २९ रुपैयाँ, मुडेको आलु ४९ रुपैयाँ, सेतो आलु ३१ रुपैयाँ, स्थानीय काउली ७५ रुपैयाँ, सानो टनेल गोलभेडा ६२.५० रुपैयाँ, लोकल गोलभेडा ३२.५० रुपैयाँ रहेको छ । 

    त्यसैगरी, भारतीय ठूलो गोलभेडा ४५ रुपैयाँ, हरियो तरबुजा ३२.५० रुपैयाँ, छडी ताजा माछा २१० रुपैयाँ, बचुवा ताजा माछा २३० रुपैयाँ, मुगरी ताजा माछा २६५ रुपैयाँ, रहु ताजा माछा २७५ रुपैयाँ रहेको छ भने तामा ९५ रुपैयाँ, तितो करेला ५५ रुपैयाँ, तोफु ९५ रुपैयाँ, र तोरीको साग ४५ रुपैयाँ तोकिएको छ । 
    विस्तृतमा हेर्नुस् 

     

    साताको लोकप्रीय