काठमाडौँ / गत जेठ २८ गतेदेखि निरन्तर घटेको सुनचाँदीको मूल्य आज भने उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ २८ गते शुक्रबार ९४ हजार ५०० रुपैयाँबाट घट्न शुरु गरेको सुनको भाउ हिजो सोमबारसम्म आइपुग्दा घटेर ९० हजार ४०० रुपैयाँसम्म कायम भएकोमा आज बढेको हो ।
महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बृद्धि भएर ९१ हजार प्रतितोला कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुनलाई ९० हजार ५०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ पनि सामान्य बृद्धि भएको छ । हिजो सोमबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।