राधी विद्युत कम्पनीको साधारणसभा, बोनश शेयर र हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव

राधी विद्युत कम्पनीको साधारणसभा, बोनश शेयर र हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव

अर्थ डबली
मंगलवार, असार ८ २०७८
अर्थ डबली
मंगलवार, असार ८ २०७८ (अर्काइभ बाट)
  • राधी विद्युत कम्पनीको साधारणसभा, बोनश शेयर र हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव

    काठमाडौँ / राधी विद्युत कम्पनीले असार २९ गते साधारण सभा बोलाएको छ । कम्पनीको यही असार ७ गते बसेको बैठकले असार २९ गते मंगलबार बिहन ११ बजेका लागि साधारण सभा बोलाएको हो । 

    images
    images

    सभाले साधारण प्रस्तावहरू सञ्चालक समितिको आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७६/७७ को वासलात, नाफा–नोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने बताइएको छ । साथै सभाले आ.व. २०७७/७८ को लागि लेखा परिक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्ने जनाएको छ । 

    त्यस्तै, उक्त सभामा विशेष प्रस्तावमा चुक्ता पूँजीको ३६.५ प्रतिशत बोनस शेयर (कर बाहेक) जारी गर्ने प्रस्ताव लाने तयारी गरिएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्तावमा पनि छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ ।

    सभामा अर्को विशेष प्रस्तवामा बोनश शेयर जारी गरे पश्चात कायम हुने चुक्ता पूँजीको १४७.५२ प्रतिशत (१ : १.४७५२) कित्ता हकप्रद जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओम बहादुर थापाले बताएका छन् । 

    अध्यक्षमा बिमेश मान पति नियुक्त 
    राधी विद्युत कम्पनीले सञ्चालक पदनमा बिमेश मान पतिलाई नियुक्त गरेको छ । शेयरधनी खारे इन्भेष्टमेन्ट लिमिटेडबाट प्रतिनिधित्व गरेका सञ्चालक अनिल कुमार रुङ्गाटालाई फिर्ता बोलाई उक्त सञ्चालक पदमा पतिलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

    साथै, यही असार ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक पतिलाई अध्यक्ष पदमा नियुक्त गरेको छ । 

    साताको लोकप्रीय