खैरहनी नगरपालिकामा आन्तरिक आम्दानीबाट तीन ओटा पुल, कालिका नगरपालिका २३ कि.मि. सडक कालोपत्रे 

खैरहनी नगरपालिकामा आन्तरिक आम्दानीबाट तीन ओटा पुल, कालिका नगरपालिका २३ कि.मि. सडक कालोपत्रे 

अर्थ डबली
बुधवार, असार ९ २०७८
अर्थ डबली
बुधवार, असार ९ २०७८ (अर्काइभ बाट)
  • खैरहनी नगरपालिकामा आन्तरिक आम्दानीबाट तीन ओटा पुल, कालिका नगरपालिका २३ कि.मि. सडक कालोपत्रे 

    चितवन / चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप तीन पुल निर्माण गरेको हो ।

    images
    images

    वडा नं २ को लदरी खोला, वडा नं ९ को चात्रा खोला तथा वडा नं ७ र ९ लाई जोड्ने पम्फा खोलामा पुल निर्माण गरिएको नगर प्रमुख लालमणि चौधरीले जानकारी दिए। नगरकै आन्तरिक आम्दानीबाट ती पुल बनाइएको हो ।

    नगरपालिकाले नगर गौरवका आयोजनामा पारेर ती पुल निर्माण गरेको हो । “कोरोना भाइरसले गत वर्ष केही ठूला योजना पूरा हुन पाएनन्”, नगर प्रमुख चौधरीले भने, “कोरोना कहरका बीच पनि नगर गौरवका आयोजनासहित अन्य योजनाका काम धमाधम भइरहेका छन् ।”

    खैरहनी–९ को सिमलटाँडीदेखि दक्षिणतर्फ सुल्तनामा रु दुई करोड २४ लाखको लागतमा पुल निर्माण गरिएको छ । खैरहनी–७ र ९ लाई जोड्ने सो पुलले दुवै वडाका बासिन्दालाई आवागमन गर्न सहज भएको छ । केबीसी विल्डर कम्पनी भरतपुरले ठेक्का सम्झौता गरेर काम गरेको थियो ।

    खैरहनी–२ लदरा खोलामा रु एक करोड ९५ लाखमा जीएमआर कन्स्ट्रक्सन प्रालि भरतपुरले पुल निर्माण गरेको नगरपालिका योजना शाखा प्रमुख इञ्जीनियर सुमन श्रेष्ठले बताउए । 

    लदरी पुलको एप्रोज स्लाब ढलान र पुलको दायाँ बायाँ जाली लगाउने काम बाँकी रहेको छ । सो पुलबाट खैरहनी–२, ३ र ४ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

    त्यस्तै सडक बोर्डको गलत डिजाइनका कारण खैरहनी–९ चात्रा खोलामा निर्माण हुन नसकेको पुल नगरपालिका आफैँले बनाउँदै छ । रु एक करोड सात लाखमा सम्झौता भएकामा अहिले निर्माणको काम भइरहेको छ । एमआरएन्ड गु्रप डीएनवी जेवी भरतपुरलाई ठेक्का परेको हो ।

    सो पुलको पनि एप्रोज स्लाब ढलान, जाली लगाउने र रेलिङ हाल्ने काम बाँकी रहेको इञ्जीनियर श्रेष्ठले बताए । पुल निर्माणपछि खैरहनी–९, राप्ती–८ र ९ का स्थानीयवासीलाई बजार आवातजावतमा सहज हुनेछ । 

    एकै वर्षमा २३ किलोमिटर कालोपत्र

    चितवनको कालिका नगरपालिकाले एक वर्षमा २३ किलोमिटर सडक कालोपत्र गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा नगरका अधिकांश मुख्य सडक कालोपत्रे गरेको हो ।

    नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जीनियर राजेश कोइरालाका अनुसार चालु आर्थिक वर्ष ०७७र०७८ मा २९ वटा सडक निर्माणको क्रममा रहेका छन् । 

    यी सबै योजना रु २० लाखभन्दा माथिका रहेको उनले बताए। तीन सडकको निर्माण सम्पन्न भइसकेको छ भने अन्य निर्माणको चरणमा छन् । नगरपालिकाले रु १३ करोड ९६ लाख सडक निर्माणका लागिमात्र विनियोजन गरेको छ ।

    कोरोना र बर्सातको पानीले निर्माणको काम प्रभावित भए पनि समयमै गुणस्तरीय काम सम्पन्न गर्ने गरी काम भइरहेको कोइरालाले बताए ।

    नगर प्रमुख खुमनारायण श्रेष्ठले नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले भने, “म नगर प्रमुखमा निर्वाचित हुनुभन्दा अगाडि नगरपालिकामा तीन किलोमिटर मात्र भत्केको कालोपत्रे थियो । अहिले कति काम भएको छ । एक पटक नगरपालिका घुम्ने जो कोहीले पनि थाहा पाउँछ ।”

    जनप्रतिनिधि आएपछि नगरपालिकामा सडक कालो पत्रेमा कायापलट नै भएको हो । नगर प्रमुख श्रेष्ठले नगरपालिकाका वडा नं १० र ११ का मुख्य सडक कालोपत्र हुन बाँकी रहेको र यसै वर्ष काम सम्पन्न गरिने बताए। 

    साताको लोकप्रीय