जैविक सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात, नेपाली माटोले गर्यो लेबलिङ र प्याकेजिङ तथा प्रोसेसिङको सबै काम

जैविक सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात, नेपाली माटोले गर्यो लेबलिङ र प्याकेजिङ तथा प्रोसेसिङको सबै काम

अर्थ डबली
बुधवार, असार ९ २०७८
अर्थ डबली
बुधवार, असार ९ २०७८ (अर्काइभ बाट)
  • जैविक सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात, नेपाली माटोले गर्यो लेबलिङ र प्याकेजिङ तथा प्रोसेसिङको सबै काम

    जुम्ला / जुम्लाको जैविक (अर्गानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ । 

    images

    अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात गरिएको बताए । 

    क्यानडास्थित लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो कम्पनीले जुम्ली उत्पादन लिएको हो । मार्सी चामल, कोदो र सिमीको कार्टुनमा नेपाली झण्डा अङ्कित लोगो राखिएको छ । लेबलिङ र प्याकेजिङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्थाले गरेको हो । 

    यहाँको  सिञ्जा क्षेत्रबाट १३ र तातोपानी गाउँपालिका–४ गिडीखोलाबाट एक टन मार्सी काठमाडौँ पुगाइएको थियो ।  पहिलोपटक जुम्ली उत्पादन क्यानडा निर्यात भएपछि स्थानीयवासी निकै खुशी छन् ।

    स्थानीयवासी जीवनबहादुर खत्रीका अनुसार स्थानीय उत्पादन क्यानडा निर्यात भएपछि किसानमा हौसला थपिएको बताए। अहिले किसानले खेतीयोग्य जमीनको उपयोग गर्न थालेका छन् ।  

    साताको लोकप्रीय