सेवा अवरुद्धबारे नेपाल टेलिकमको यस्तो स्पष्टिकरण

सेवा अवरुद्धबारे नेपाल टेलिकमको यस्तो स्पष्टिकरण

अर्थ डबली
बुधवार, असार ९ २०७८
अर्थ डबली
बुधवार, असार ९ २०७८ (अर्काइभ बाट)
  • सेवा अवरुद्धबारे नेपाल टेलिकमको यस्तो स्पष्टिकरण

    काठमाडौँ / आज बिहान सेवा अवरुद्ध भएको विषयमा नेपाल टेलिकमले स्पष्टिकरण दिएको छ । मुख्यतः स्मार्ट फोन सेटहरूमा भ्वाइस सेवा अवरुद्ध भएपछि टेलिकमले आफ्नो स्पष्टिकरण दिएको हो । 

    images

    नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको थियो । टेलिकमले समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको थियो ।

    सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करीब २ घण्टामै सेवा सुचारु गर्न सकिएको हो । 

    सो अवधिमा जिएसएम मोबाइलको 2G, 3G र 4G प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको VoLTE (Voice Over LTE) मा समस्या नआएको र GSM मोबाइलका केही फिचर फोन (साना non-smart phone) मा समस्या नदेखिएको जानकारी प्राप्त भएको छ ।

    मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको छ । 

    कम्पनीका सेवाहरू अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएता पनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने विश्वास दिलाउन चाहन्छौं । 

    कुनै पनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भएता पनि यस अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकमा परेको असुविधाप्रति क्षमाप्राथी भएको टेलिकमले जनाएको छ । 

     

    साताको लोकप्रीय