छ महानगरको बजेट ४३ अर्ब, कुन महानगरको कति ? 

छ महानगरको बजेट ४३ अर्ब, कुन महानगरको कति ? 

अर्थ डबली
शुक्रवार, असार ११ २०७८
अर्थ डबली
शुक्रवार, असार ११ २०७८ (अर्काइभ बाट)
  • छ महानगरको बजेट ४३ अर्ब, कुन महानगरको कति ? 

    आगामी आर्थिक वर्षका लागि मुलुकका छ वटा महानगरपालिकाले कुल ४३ अर्ब २५ करोड रुपियाँको बजेट सार्वजनिक गरेका छन् ।

    images
    images

    अन्य स्थानीय तहसँगै छ महानगरपालिकाले पनि बिहीबार आ–आफ्ना नगर सभामा आ।व। २०७८/७९ को आय–व्यय अनुमान पेस गरेका हुन् ।

    छवटा महानगरमध्ये सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले सबभन्दा ठूलो बजेट पेस गरेको छ । काठमाडौँ महानगरले १८ अर्ब ९६ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

    यसैगरी पोखरा महानगरले छ अर्ब २८ करोड, ललितपुर महानगरले पाँच अर्ब ५५ करोड, भरतपुर महानगरले चार अर्ब ८१ करोड, विराटनगर महानगरले चार अर्ब १० करोड र वीरगञ्ज महानगरले तीन अर्ब ५५ करोड रुपियाँको बजेट बनाएको छ ।

    छ वटै महानगरले कोरोना महामारी नियन्त्रणसहित स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएका छन् भने पूर्वाधार, शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिएका छन् ।

    साताको लोकप्रीय