निशान इण्डियाको नयाँ म्याग्नाइट नेपालसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात

निशान इण्डियाको नयाँ म्याग्नाइट नेपालसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात

अर्थ डबली
शनिवार, असार १२ २०७८
अर्थ डबली
शनिवार, असार १२ २०७८ (अर्काइभ बाट)
  • निशान इण्डियाको नयाँ म्याग्नाइट नेपालसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात

    काठमाडौँ / निशान इण्डियाले आफ्नो नयाँउत्पादननिशान म्याग्नाइट नेपाल, इण्डोनेशिया, दक्षिण अफ्रिकामा निर्यात गर्ने घोषणा गरेको छ । 

    images
    images

    यो नयाँ पुस्ताको उत्पादन सन् २०२० को डिसेम्बरमाप्रारम्भ गरिएको थियो र सन् २०२१ को मे महिनासम्म १५ हजार १० वटानिशान म्याग्नाइट पूर्ण रूपमा तयार गरिसकेको थियो । 

    आधुनिक प्रविधि र आकर्षणयुक्त यो सवारी साधनमध्ये १३ हजार ७ सय ९० वटा भारतीय बजारमा गइसकेको थियो भने १ हजार २ सय २० वटा निर्यात गरिएको थियो ।

    ‘मेक इन इण्डिया, मेक फर वल्र्ड’ अवधारणासहित निर्माण गरिएको यो नयाँ सवारी साधन भारतमा सफलता बिस्तार गर्नुका साथै निर्माण भएको ३० दिनमा नेपालमा ७ सय ६० भन्दा बढी बुकिङ्ग भएकोले यसले निर्धारण गरेको मासिक बिक्री १ हजार ५ सय ८० पूरा हुने विश्वास गरिएको छ ।

    नयाँ उत्पादनको विशेषता र यसको सफल भविष्यबारे आफ्नो धारण व्यक्त गर्दै निशान मोटर इण्डिया प्रा.लि.का अध्यक्ष सिनान ओजकोकले भने,“भारतीय उपभोक्ताहरूले यसको नमूना र नयाँ प्रविधिलाई अत्यन्त रुचाएका छन् र भविष्यमा यसले आफ्नो बजार आक्रामक रूपमा अगाडि बढाउने छ ।”

    उहाँले ‘मेक इन इण्डिया, मेक फर वल्र्ड’ अवधारणाले विश्वबजारमा पनि उपभोक्ताले रुचाउने र राम्रो बजार पाउने विश्वास व्यक्त गरे । जति जति उपभोक्ताले आफ्नो प्रयोगमा ल्याउछन्, त्यति नै यसको माग बढ्दै जाने उनको धारणा छ ।

    Nishan.JPG

    निशान म्याग्नाइट जतिजति उत्पादन बढाइँदै जान सक्यो त्यति नै विश्व बजारमा यसको माग पनि बढ्दै जाने छ । प्रारम्भिक अवस्थामा नै यसको गुणस्तरले जसरी आकर्षण देखापरेको छ, यसले निशान म्याग्नाइटको बजार बिस्तार हुने निश्चित छ ।

    निशान मोटर इण्डिया प्रा.लि. जापानको निशान मोटर कम्पनीको शतप्रतिशत सहायक कम्पनी हो र सन् २००५ देखि भारतमा उत्पादन थालेको हो । यसको कारखाना चेन्नइमा रहेको छ ।

    साताको लोकप्रीय