राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीले सहकारीको रकम कुम्ल्याएको आरोप के हो ? 

राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीले सहकारीको रकम कुम्ल्याएको आरोप के हो ? 

अर्थ डबली
सोमवार, असार १४ २०७८
अर्थ डबली
सोमवार, असार १४ २०७८ (अर्काइभ बाट)
  • राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीले सहकारीको रकम कुम्ल्याएको आरोप के हो ? 

    महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलनको विषयलाई लिएर राप्ती गाउँपालिका र मेरो (गाउँपालिका अध्यक्ष)) समेत नाम जोडिएको विषय गतल भएको पालिका अध्यक्षले बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

    images
    images

    साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटियाको संस्थापक र लेखा समिति संयोजक पदमा रहेर जिम्मेवारीपूर्वक कार्यकाल सम्पन्न गरी मिति २०७४ असार मसान्तदेखि कुनै पदीय जिम्मेवारीमा नरहेको जानकारी राप्ती गाउँपलिका अध्यक्ष नुमानन्द सुवेदीले बताएका छन् ।  

    अध्यक्ष नुमानन्द सुवेदीलाई तक्कालिन महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको  विभिन्न समयमा रकम हिनामिना गरेको गम्भिर आरोप लागेको छ । हाल उक्त सहकारी एकीकरण भई देउखुरी बचत तथा  ऋण सहकारी संस्थाको नाउँमा संचालित छ ।
      
    हाल महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडसहित अन्य तीन वटा सहकारी संस्थाविच एकीकरण भई देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा सञ्चालन भइरहेको छ । 


    उनले भनेका छन्, ‘विगतमा मैले संस्थाको संस्थापक र लेखा समिति संयोजक पदमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरे तापनि हाल उक्त संस्थाको रकम हिनामिनाको सम्वन्धमा त्यस संस्थामा कार्यरत कर्मचारी विक्रम रानाले प्रविधिको दुरुपयोग गरी प्रारम्भिक अनुसन्धानको क्रममा आफूले रकम हिनामिना गरेको लिखितरुपमै स्वीकार गरिसकेको अवस्था छ ।

     हाल संस्था सञ्चालनको जिम्मेवारी अन्य पदाधिकारीहरुले लिईसकेको सन्दर्भमा मेरो इज्जत, प्रतिष्ठामा आँच आउने र चरित्र हत्या गर्ने गरी आएका समाचारप्रति दुःख व्यक्त गर्दै यसमा कुनै सत्यता नरहेको जानकारी गराउन चाहन्छु ।’
      
    मलगायत संस्थामा आवद्ध २५ जना विरुद्ध मुद्दा दायर भएको विषयमा पूर्व पदाधिकारीको नाताले प्रहरी, प्रशासन र अदालतले गर्ने निष्पक्ष अनुसन्धानका लागि  सहयोग गर्ने  अध्यक्ष सुवेदीले बताएका छन् । 

    स्थानीय सरकार प्रमुखको नाताले जनताको रकमको सुरक्षा गर्नु प्रमुख दायित्वबोध गरी रकम हिनामिनामा संलग्न जोसुकैलाई कानूनबमोजिम हदैसम्म कारवाहीका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले दिए । 

    साताको लोकप्रीय