काठमाडौ / नेपाल बैंकले कोरोना कहरबीच नै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिक जीवनमा आइपर्ने विभिन्न आवश्यकता पुरा गर्न सहयोग पु-याउने उद्देश्यले यस्तो सेवा शुरु गरेको बैंकले आफ्नो विज्ञप्तिमा जनाएको छ ।
सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा रु.२० हजारदेखि अधिकतम सीमा रु.५ लाख कायम गरिएको छ ।
Visa International सँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोगबाट POS Terminal, ATM Terminal तथा Online प्रणालीमार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिनेछ ।
कसरी लिने कार्ड ?
स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म यस बैंक तथा VISA International मा आवद्ध बैंकहरुको ATM Terminalबाट नगद भुक्तानी समेत लिन सकिनेछ । यो कार्डको प्रयोग नेपाल लगायत भारत र भुटान समेतमा प्रयोग गर्न सकिने भएबाट यसको उपयोगले लक्षित वर्गको भुक्तानी प्रणालीमा सहजता पु¥याउने हुने विश्वास बैंकले गरेको छ ।
अध्यक्ष मधु कुमार मरासिनी
भर्चुअल विधिबाट गरिएको कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले यस बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गरे ।
क्रेडिट कार्ड सेवाको शुभारम्भ गर्दै कार्यक्रमलाई सम्बोधनमा अध्यक्षले भने, क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधि मार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडी आउन सफल भएकोमा खुशी लागेको छ । यो सेवा प्रारम्भका लागि बैंक व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद तथा बधाई दिन चाहान्छु ।
बैंक सञ्चालक समितिका सदस्य श्री विवेक शम्शेर ज.ब.रा भन्छन्ः
नयाँ बिशेषता सहितको क्रेडिट कार्ड सेवा प्रारम्भ गरेकोमा सम्पूर्ण बैंक परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
निर्मल प्रधानलाई पहिलो पटक क्रेडिट कार्ड हस्तान्तरण
बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक बन्ने अवसर प्राप्त भएकोमा प्रशन्नता व्यक्त गर्दछु । बैंक व्यवस्थापनलाई धन्यवाद छ । क्रेडिट कार्ड सेवाको सफलताको शुभकामना समेत व्यक्त गर्दछु ।
बैंक सञ्चालक समितिका सदस्यहरु, सहायक प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख, डिभिजन प्रमुख, प्रादेशिक कार्यालयका प्रमुख तथा शाखा प्रबन्धकहरुको समेतको भर्चुअल माध्यमबाट सहभागिता रहेको उक्त कार्यक्रमलाई प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले समेत सम्बोधन गरेका थिए ।
क्रेडिट कार्ड सेवाको विस्तारमा लाग्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा सहभागीहरुलाई बैंकका का.मु. नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले स्वागत गरे ।