काठमाडौं एनआईबिएल एस क्यापिटल लिमिटेडलाई कृषि विकास बैंक लिमिटेडले ऋणपत्र” का डिबेञ्चर रजिष्ट्रारका लागि नियुक्त गरेको छ । यहि असार १४ गते हस्ताक्षर गरी बैंकले एनआईविएललाई नियूक्त गरेको हो ।
बैंकले ७ वर्ष समयका लागि नियुक्त गरेको विज्ञप्तिमा जारी छ । बैंकले ६ अर्व रुपैयाँको कृषि ऋणपत्र का डिबेञ्चर प्रकाशन गर्दैछ ।
कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरेको हो ।
उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडकोतर्फबाट प्रमुख वित्तिय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटल लिमिटेडकोतर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।