काठमाडौँमा आज देशभरकै धेरै कोरोना संक्रमित फेला,  ४२८ जना भेटिए, अन्य क्षेत्रमा कति ? 

काठमाडौँमा आज देशभरकै धेरै कोरोना संक्रमित फेला,  ४२८ जना भेटिए, अन्य क्षेत्रमा कति ? 

अर्थ डबली
शुक्रवार, असार १८ २०७८
अर्थ डबली
शुक्रवार, असार १८ २०७८ (अर्काइभ बाट)
  • काठमाडौँमा आज देशभरकै धेरै कोरोना संक्रमित फेला,  ४२८ जना भेटिए, अन्य क्षेत्रमा कति ? 

    काठमाडौं/ आज शुक्रबार असार १८ गते मुलुकको राजधानी काठमाडौंमा देशभरकै सबैभन्दा धेरै कोरोना संक्रमित संख्या भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१६ जना संक्रमित थपिएको पुष्टि गरेको छ । 

    images
    images

    निशेषेधाज्ञा खुकुलो बन्दै जाँदा काठमाडौंमा भिडभाड बढेको छ । बजारमा मानिसहरुको चहलपहल बाक्लिउको छ । यसैले संक्रमित हुनेको संख्या बढेको हुन सक्ने मन्त्रालयको टिप्पणी छ ।

    आजै ललितपुरमा ७८ जना र भक्तपुरमा ३४ जना संक्रमित भेटिए । 
    यस्तै, प्रदेश १ को झापामा सर्वाधिक ८६ जना भेटिए भने,  प्रदेश २ को सप्तरीमा ३७ भेटिएका छन् । कोरोना भाइरसले मुलुक आक्रान्त बनिरहेको समय गण्डकी प्रदेशको नवलपरासी पूर्वमा ३९, लुम्बिनीको गुल्मीमा ३७, कर्णालीको दैलेखमा १६ र सुदूरपश्चिमको डोटीमा ३९ जना संक्रमित भेटिएको मन्त्रालयले पुष्टि गरेको छ ।


    देशभर २ हजार २९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

    १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । 

     

    साताको लोकप्रीय