शेयर बजार हाम्रो योजना अनुसार चल्दैन, यसो गर्नुस् – रविन्द्र भट्टराईको टिप्पणी 

शेयर बजार हाम्रो योजना अनुसार चल्दैन, यसो गर्नुस् – रविन्द्र भट्टराईको टिप्पणी 

अर्थ डबली
शनिवार, असार १९ २०७८
अर्थ डबली
शनिवार, असार १९ २०७८ (अर्काइभ बाट)
  • शेयर बजार हाम्रो योजना अनुसार चल्दैन, यसो गर्नुस् – रविन्द्र भट्टराईको टिप्पणी 

    काठमाडौं/  पैसा छ र सेयरमा लगाउने सोचमा हुनुहुन्छ ? सेयरमा लगानी गर्नुको उद्धेश्य पैसा बनाउनु वा लगाएको पैसा बढाउनु भएको टिप्पणी गर्दै शेयर बजार विज्ञ रविन्द्र भट्टराईले टिप्पणी गरेका छन्, तपाँइसँग तत्कालका कुनै  महत्वपुर्ण योजनासँग जोडिएको पैसा हो भने स्टक मार्केट भन्दा त्यता लगानी गर्नु उपयुक्त हुन्छ ।’

    images
    images

    जस्तो जग्गा किन्दै हुुनुहुन्छ, वा बैना गरिसक्नु भएको छ  वा घर किन्दै हुुनुहुन्छ वा वाइक किन्ने योजना भए त्यस्ता क्षेत्रले बढि लाभ दिन सक्ने उनको टिप्पणी छ । यी काम तत्कालै केहिदिन वा महिना वा बर्षदिन भित्र गरिने विषयलाई छाडेर तत्काल फाइदा लिने वा केहि दिनमा बेचिहालेर निस्कने सोच राखेर त्यस प्रकारको पैसा सेयरमा नलगाउनु नै उत्तम हुने भट्टराईको तर्क छ ।

    उनले भने, ‘बजार हाम्रो योजना अनुसार चल्दैन।’ लेखक भट्टराईको टिप्पणी अनुसार तत्काल बजारमा छिरेर फाईदा नहुने भएकोले लगानी गर्दा लामो समय कुर्न सक्ने क्षमता चाहिनेतर्फ संकेत गरेका छन् । हालै बजारमा तत्कालै लगानी गरेर नाफा खोज्ने प्रबृत्ति बढ्दो छ । 

    ‘बजारमा यसो छिरेर पैसा पोको पारेर तुरुन्तै निस्किहाल्छु भने जस्तो सजिलो छैन’, उनले टिप्पणी गरे । 

    यस्तो सोचले भएको वित्तिय सोचले अवस्थालार्इ अझ कमजोर पनि बनाउन सक्ने भट्टराईको विचार छ । उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी दिएका हुन् । 

    सेयरमा बचेको पैसा लगाउने  उनले बताएका छन् ।  बचाउनका लागि  र बाँचनका लागि लगानी गर्ने कुरा उनले सुझाएका छन् । 

    साताको लोकप्रीय