सार्वजनिक निकायमा ‘खरीद कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण र मापदण्ड केके छन् ? 

सार्वजनिक निकायमा ‘खरीद कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण र मापदण्ड केके छन् ? 

अर्थ डबली
शनिवार, असार १९ २०७८
अर्थ डबली
शनिवार, असार १९ २०७८ (अर्काइभ बाट)
  • सार्वजनिक निकायमा ‘खरीद कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण र मापदण्ड केके छन् ? 

    काठमाडौं / सार्वजनिक निकायमा खरीदसम्बन्धी कार्य गर्ने कर्मचारीको निश्चित मापदण्ड तथा योग्यन हुनुपर्नेछ ।

    images

    सरकारले हिजो शुक्रवार यस्तो योग्यता निर्धारण र मापदण्ड ल्याएको हो । सार्वजनिक खरीद अनुगमन कार्यलयले योग्यता निर्धारण र मापदण्ड स्वीकृत गरिएको  प्रवक्ता विष्णुप्रसाद कोइरालाले बताए । 

    सार्वजनिक खरीदसम्बन्धी कार्यलाई पारदर्शी, वस्तुनिष्ठ एवं विश्वसनीय बनाउन यस्तो मापदण्ड ल्याइएको उनले बताए ।


    हेर्नुस केके छन विषयहरु

    पृष्ठभूमि सार्वजनिक खरिद सम्बन्धी कार्यविधिलाई पारदर्शी, बस्तुनिष्ठ एवम्  विश्वसनीय बनाउन सार्वजनिक खरिद ऐन २०६३ बमोजिमको कार्यविधि पुरा गरी खरिद सम्बन्ध िकार्य गर्ने, गराउने मूखय जिम्मेवारी सम्बन्धित  सार्वजनिक  निकाय प्रमुखको रहेको छ । 

     सार्वजनिक खरिद ऐन  २०६३ को दफा ७ को उपदफा २ मा सार्वजनिक  निकायले  खरिद सम्बन्ध िकार्य गर्दा  सार्वजनिक खरिद अनुगमन कार्यलयले निर्धारण  गरेको योग्यता भएको  र खरिद  कार्य  सम्बन्धी ज्ञान भएको वा  तालिम प्राप्त  गरेको कर्मचारीबाट गराउनु पर्ने व्यवस्था रहेको छ । 

    सार्वजनिक  निकायको खरिद कार्यमा काम गर्ने कर्मचारको न्यूनतम योग्यता निर्धारण गरी सबै सार्वजनिक निकायमा एकरुपता  ल्याउने  ध्येयले सार्वजनिक खरिद अनुगमन कार्यलयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ७ को उपदफा २ बमोजिम  सार्वजनिक निकायमा खरिद सम्बन्धी कार्य  गर्ने कर्मचारीको  योग्यता निर्धारण सम्बन्धी मापदण्ड  जारी गरेको छ ।
     
    १. संक्षिप्त नाम र प्रारम्भ :

    यो मापदण्डको नाम ‘सार्वजनिक निकायमा खरिद सम्बन्धी कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण सम्बन्ध िमापदण्ड  २०७८ रहेको छ । 

    २. खरिद महाशाखा, शाखा वा एकाईको गठनः 
    सार्वजनिक निकायले आफू अन्तर्गतको सार्वजनिक खरिद प्रयोगजनका लागि खरिद एकाई प्रमुख  समेत  गरी सामान्तय ३ देखि ५ जना रहने  गरी खरिद एकाई  गठन गर्नुपर्ने छ । खरिद एकाई  गठन गर्दा सम्बन्धित सार्वजनिक निकार्यको कार्य प्रकृतिको आधारमा प्रशासनिक, प्राविधिक र लेखा  सम्बन्धी काम गर्ने कर्मचारीमध्येबाट खरिद सम्बन्धी ज्ञान भएका वा तालिम  लिएका कर्मचारीलाई  समावेश  गर्नुपर्नेछ । तर, उक्त निकायको संगठन संरचनामा स्थायी रुपमा खरिद महाशाखा, शाख, वा एकाई रहेको छ । 
    भने सो महाशाख, शाखा वा एकाईको प्रमुखको संयोजकत्वमा खरिद  एकाई गठन गर्नुपर्नेछ । सार्वजनिक खरिद नियमावली, २०६४  को नियम १४७ बमोजिमको  मूल्याङ्कन  समितिका निर्धारित पदाधिकारी बाहेकका कर्मचारीहरु कुनै कारण कुनै कारणबश सार्वजनिक निकार्यमा नरहेको वा न्यून संख्यामा कर्मचारी कार्यरत पदस्थापना  रहेको परिस्थितिमा  सार्वजनिक निकायको प्रमुख बाहेक अन्य कर्मचारी मध्येबाट खरिद एकाईइ  गठन गर्न सकिने छ । 

    ३. खरिद एकाई प्रमुख र सदस्यको योग्यता : 

    खरिद एकाईमा रही काम गर्ने कर्मचारीहरुका लागि देहाय बमोजिमका योग्यता हुनुपर्नेछ । 

    क. खरिद एकाई  प्रमुखको योग्यता  खरिद एकाई प्रमुखको लागि देहाय बमोजिम योग्यता हुनुपर्नेछ । 

    १. सार्वजनिक खरिद नियमावाली, २०६४ को नियम १४७ बमोजिमको मूल्याङ्कन  समितिका निर्धारित पदाधिकारी बाहेकका कर्मचारी मध्यबाट बरिष्ठ कर्मचारीलाई खरिद एकाई प्रमुखको जिम्मेवारी तोक्नुपर्नेछ । तर, उक्त  निकायको संगठन संरचनामा स्थायी रुपमा खरिद महाशाखा, शाखा वा एकाई  रहेको छ भने सो महाशाखा, शाखा वा एकाईको प्रमुखलाई खरिद एकाई प्र्रमुखको जिम्मेवारी दिनुपर्नेछ । 

    २. सार्वजनिक निकायको प्रमुखको पद जुन श्रेणी  वा तहको रहेको छ, सामान्यतया सो भन्दा एक श्रेणी  वा तह मुनीको कर्मचारीलाई खरिद एकाई प्रमुखको जिम्मेवारी प्रदान गर्न सकिनेछ । उदाहरणको लागि  सार्वजनिक निकाय प्रमुख विशिष्ट  श्रेणीको  भएमा  राजपत्राङ्कित  द्धितिय श्रेणीको कर्मचारीलाई अथवा सार्वजनिक  निकाय प्रमुख राजपत्राङ्कित  प्रथम श्रेणीको कर्मचारी भएमा राजपत्राङ्कित तृतीय श्रेणीको कर्मचारीलाई खरिद  एकाई प्रमुख भई कार्य गर्न निर्धारण गर्न सकिने छ । 

    ख. खरिद एकाईको सदस्यको योग्यताm खरिद एकाईको सदस्यको लागि देहाय बमोजिम योग्यता हुनुपर्नेछ । १. सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४७ बमोजिमको मूल्याङ्कन समितिका निर्धारित पदाधिकारी बाहेकका साथै खरिद एकाई प्रमुख बाहेकका कर्मचारी मध्येबाट खरिद एकाईको सदस्यको जिम्मेवारी निर्धारण गर्नुपर्नेछ । 

    २. खरिद एकाईको सदस्यको रुपमा सम्बन्धित  सार्वजनिक निकायको खरिद कार्यको प्रकृति हेरी निर्माण  परामर्श, मालसामान वा अन्य सेवाको खरिद प्रकृतिसँग मिल्ने कार्यक्षेत्रमा काम गरेका कर्मचारीलाई तोक्न प्राथमिकता दिनुपर्नेछ । 

    ३. सार्वजनिक  निकायमा लेखा सम्बन्धी कर्मचारी एकभन्दा बढी रहेको अवस्थामा बरिष्ठ कर्मचारी मूल्याङ्कन  समतिमिा रहने नियमावलीको व्यवस्था अनुरुप मूल्याङ्कन  समितिमा रहने र निजभन्दा कनिष्ठ लेखाको कर्मचारी खरिद एकाईमा  राख्न सकिनेछ तर, लेखा सम्बन्धी कर्मचारी एक जनामात्र  कार्यरत  रहेको  अवस्थामा निज  मूल्याङ्कन  समितिमा सदस्य रहने  भएकोले निजलाई खरिद एकाईको सदस्यको रुपमा जिम्मेवारी प्रदान गर्न पाईने छैन । 

    ४. बोलपत्र मूल्याङकन समितिमा काम गर्ने कर्मचारीको योग्यता : 

    बोलपत्र मूल्याङकन समितिमा काम गर्ने कर्मचारीको  लागि देहाय बमोजिम योग्यता हुनुपर्नेछ । 
    क. बोलपत्र  मूल्याङ्कन  समितिको अध्यक्ष र सदस्यको  योग्यता सार्वजनिक खरिद नियमावाली, २०६४ को नियम १४७ को उपनियम १ को क देखि घ  सम्मको निर्धारित  योग्यता बमोजिम हुनुपर्नेछ । 

    ख. सार्वजनिक  खरिद नियमावली, २०६४ को नियम १४७ को उपनियम ३ बमोजिम बोलपत्र मूल्याङ्कन  समितिमा विशेषज्ञको रुपमा आमन्त्रण गर्दा  उक्त विशेषज्ञ सम्बन्धित विषयसँग सम्बन्धित  क्षेत्रमा कम्तिमा स्नातकक तह उत्तिर्ण  भएको हुनुपर्ने छ  वा सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष कार्य अनुभव प्राप्त हुनुपर्नेछ । 

    ५. खरिद सम्झौता व्यवस्थापन कार्यन्वयनमा काम गर्ने कर्मचारीको योग्यता : 

    खरिद सम्झौता व्यवस्थापन  कार्यन्वयन मा काम गर्ने कर्मचारीको लागि देहाय बमोजिम योग्यता हुनुपर्नेछ । 

    क. खरिद सम्झौता बमोजिम कार्य गर्न सम्बिन्धित निमार्ण व्यवसायी, परामर्शदाता, आपूर्तिकर्ता वा सेवा प्रदायकसँग खरिद सम्झौता सम्पन्न भएपछि सम्झौता बमोजिम सार्वजनिक निकायको प्रतिनिधि भई कार्य सम्पादन गर्न सम्बन्धित  सार्वजनिक निकार्यको प्रमुखले  कर्मचारीलाई जिम्मेवारी प्रदान  गर्दा उक्त कर्मचारी खरिद कार्यको प्रकृतिसँग मेल खाने विषयमा प्राविधिक ज्ञान वा अनुभव भएको हुनुपर्नेछ । 

    ख. उपदफा क बमोजिमको कर्मचारी सम्बन्धित सार्वजनिक  निकार्यमा उपलब्ध नभएमा अन्य सार्वजनिक निकायको  प्रमुखको स्वीकृतिमा उक्त सार्वज्निक  निकायको त्यस्तो प्राविधिक ज्ञान वा अुनभव भएको  कर्मचारीको सहयोग लिन सकिन्छ । 

    ६. तालिम सञ्चालन र क्षमता विकास :

    सार्वजनिक निकायको खरिद कार्यका लागि जिम्मेवारी प्रदान गरिएका कर्मचारीका लागि समान्यतया प्रत्येक वर्ष अनुशिक्षण प्रदान गर्ने प्रत्येक दुई वर्षमा खरिद सम्बन्धी आधारभुत तालिम वा खरिद सम्बन्धी अन्य तालिम प्रदान गरी सार्वजनिक निकार्यले कर्मचारीको क्षमता विकास मा प्रथमिकता  दिनुपर्नेछ । 

     ७. आन्तरिक नियन्त्रण : 

    खरिद कार्यमा संलग्न हुने  कर्मचारी तोक्दा खरिद कार्यमा नियन्त्रण र सन्तुलनको पक्षलाई ध्यान दिइई तोक्नुपर्नेछ ।  भुक्तानी तथा जाँच प्रकृयामा संलग्न हुने कर्मचारी र खरिद इकाई प्रमुख छुट्टाछटै  हुनुपने तर्फ यथासम्भव ध्यान दिनुपर्नेछ ।  यस प्रकारको प्रवन्ध  हुन नसकी दोहोरो जिम्मेवारी दिनुपर्ने अवस्थामा सार्वजनिक निकायका प्रमुखबाट स्पष्ट कारण सहित निर्णय गरेको हुनुपनेृछ । 

    ८. स्वार्थ बाझिन नहुने :

    खरिद कार्यमा संलग्न हुने कर्मचारी खरिद कार्यमा स्वार्थ बाझिने गरी तोक्न पाइने छैन । स्वार्थ बाझिने देखिएमा सम्बन्धित कर्मचारीबाट स्वाघोषणा गराई जिम्मेवारी दिन सकिनेछ । 

    साताको लोकप्रीय