डेढ वर्षदेखि नेकपाका नेताहरुको लडाईमा देश च्यापियो – डा. सूर्यराज आचार्यको टिप्पणी

डेढ वर्षदेखि नेकपाका नेताहरुको लडाईमा देश च्यापियो – डा. सूर्यराज आचार्यको टिप्पणी

अर्थ डबली
आइतवार, असार २० २०७८
अर्थ डबली
आइतवार, असार २० २०७८ (अर्काइभ बाट)
  • डेढ वर्षदेखि नेकपाका नेताहरुको लडाईमा देश च्यापियो – डा. सूर्यराज आचार्यको टिप्पणी

    काठमाडौं/  लोकतन्त्रमा दलका नेता बिच मतभेद तथा विवाद हुनु स्वाभाविक हो । तर, करिब डेढवर्षदेखि नेपाली राजनीतिमा नेकपाको नेताहरुको खिचतानीमा मुलुक अल्झिरहेको छ ।

    images
    images

    डा. सूर्यराज आचार्यले आफ्नो सामाजिक सञ्जाल ट्वीटमार्फत कडा टिप्पणी गर्दै लेखेका छन, यी समयहरु बिना एजेण्डा नेकपाका नेताहरुको लडाईमा देश च्यापिएको छ।’

    यद्यपि मुलुकको समृद्धिको नारा बढि उछाल्ने नेकपा नै थियो । तत्कालिन चुनावी नारामा नेकपाले नै समृद्धिको नारा घन्काएर बढि मत ल्याउन सकेका थिए । तर, ती नाराहरु योजनाहरु अहिले पार्टीको वा सरकारको नेतृत्व लिनेहरुले नै एउटा कुनामा फ्याँकिदिएका छन् । 

    मुलुकको समृद्धिको नारा भुलेर विकासका योजनाहरु छाडेर नेकपा  कलह मूलतः कुनै एजेन्डा उपर हैन, सिर्फ व्यक्तिगत रिस– राग, द्वेष र भागबन्डाका लागि भइरहेको टिप्पणीकार आचार्यले बताएका छन् । 

    वास्तवमा राजनीति के का लागि ? भन्ने कुराको नयाँ व्याख्या बिना यो गंजागोलको निकास सहज नभएको उनको टिप्पणी गरेका छन् । 
    यसै प्रसंगमा आचार्यले अर्को ट्वीटमा मलेशीयाका समृद्धिका सम्बाह डा. महाथिर मोहम्मदको प्रसंग ल्याएका छन् । उनले  राजनीतिक अडान र पार्टी नेतृत्व प्रतिको उनको आलोचनाका कारण सन् १९६९ मा उनको पार्टीले उनलाई निष्कासन गरेको थियो। 

    उनी महाथिर पार्टीबाट बाहिरिएर गतिलो किताब लेखे, उनको सोच झन लोकप्रिय बन्दै गयो । 
    माथिरले १९७४ मा मन्त्री बने । त्यस्तै, १९८१ मा प्रधानमन्त्री बनेर मलेसियाको रुपान्तरण नै गरिदिए ।  अहिले मलेसियाको समृद्ध रुप उनैको विचार चिन्तनले सफल भएको मानिन्छ । डा. आचार्यले यिनै प्रसंगलाई ट्वीट गर्दै नेपालका राजनीतिक पार्टीका कार्यकर्ता तथा नेतृत्वले सिक्नै पर्ने पाठ भएको उल्लेख गरेका छन् । 

    साताको लोकप्रीय