काठमाडौँ / सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीराम गौतमले राजीनामा दिएका छन् ।
उनले बैंकको यही असार २० गते बसेको सञ्चालक समितिको ३४२ औँ बैठक समक्ष राजीनामा दिएका हुन् ।
सिइओ गौतमको राजीनामा सञ्चालक समितिमा विचारधिन रहेको बैंकका कम्पनी सचिव तुल्सी प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।