अजोड इन्स्योरेन्सको तेस्रो बार्षिकोत्सव : ५८.९७ करोड दावी भुक्तानी, अन्य क्षेत्रमा कति प्रगति ? 

अजोड इन्स्योरेन्सको तेस्रो बार्षिकोत्सव : ५८.९७ करोड दावी भुक्तानी, अन्य क्षेत्रमा कति प्रगति ? 

अर्थ डबली
सोमवार, असार २१ २०७८
अर्थ डबली
सोमवार, असार २१ २०७८ (अर्काइभ बाट)
  • अजोड इन्स्योरेन्सको तेस्रो बार्षिकोत्सव : ५८.९७ करोड दावी भुक्तानी, अन्य क्षेत्रमा कति प्रगति ? 

    काठमाडौँ / अजोड इन्स्योरेन्स लिमिटेडल आफ्नो तेस्रो बार्षिकोत्सव मनाएको छ । कम्पनीले विभिन्न कार्यक्रमहरूको आयोजना गरी आफ्नो बार्षिकोत्सव मनाएको हो । 

    images
    images

    सो अवसरमा कोभिड – १९ को महामारीलाई मध्येनजर गर्दै कम्पनीले आफ्नो केन्द्रिय कार्यालय सिटिसी मल सुन्धारा काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

    उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत कम्पनीका कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेको बताइएको छ । 

    चालु आर्थिक बर्षको असार २१ गतेसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ र लगानी १४७.३१ करोड रुपैयाँ रहेको छ । यसैगरी हालसम्म कम्पनीले ५८.९७ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ जसमा कोरोना बीमा दाबी भुक्तानी १२.९७ करोड रुपैयाँ र अन्य बीमा दाबी भुक्तानी ४६ करोड रुपैयाँ रहेको छ ।

    कम्पनीले कोरोना भाइरस (कोभिड–१९)को महामारीको विषम परिस्थितिमा पनि १ लाख २० हजार ७०६ बीमालेख जारी गरेको छ भने १२०.८३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको जनाएको छ । 

    कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्य अनुरुप आगामी दिनमा डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्ने प्रकृयामा रहेको छ । 
    साथै, आगामी दिनमा बीमा सेवाको पहुँच बढाउनको लागि देशका सुगम देखी दुर्गम क्षेत्रमा समेत आफनो बीमा सेवा बिस्तार गर्दै लैजाने लक्ष्य लिएको कम्पनीले जनाएको छ । त्यसैगरी ग्राहकहरुको आवश्यताका आधारमा केही नयाँ बीमालेखहरू पनि प्रचलनमा ल्याउने तयारी गरेको बताइएको छ ।

    बीमा सेवालाई छिटो छरितो भरपर्दो र स्तरीय बनाउदै लैजानका लागि वेव बेस सिस्टम र कम्प्युटर बिलिङको व्यवस्था गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो बनाउने उद्देश्यले फास्ट ट्र्याक दावी भुक्तानी नीति अवलम्वन गरी २ लाख रुपैयाँसम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

    कम्पनीले इन्टरग्रेटेड एमआइएस सिस्टम, इन्भेष्टमेन्ट सफ्टवयर, ग्रुप एसएमएस सिस्टम र अजोड च्याट बोर्ड लगायतका सेवाको शुरुवा गरिसकेको छ । त्यस्तै, डिजिटल पेमेन्ट गेटवेका लागि कम्पनीले आइएमई पे, प्रभु पे, एनआईसी एशिया फोन पे, सेल पे, खल्ती, इसेवा, पेव वेल, कनेक्ट आइपिएस आदि सेवाहरू समेतको शुरुवात गरिसकेको छ ।

    अजोड इन्स्योरेन्सको केन्द्रिय कार्यालयसहित सातै प्रदेशका प्रादेशिक कार्यालय तथा देशभरिका विभिन्न स्थानमा २२ ओटा शाखा कार्यालय, १७ ओटा उपशाखा कार्यालय गरी जम्मा ४७ ओटा कार्यालयहरू रहेका छन् । साथै कम्पनीले ३ ओटा तेश्रो पक्ष बीमा काउण्टरहरू र ७ ओटा बीमा काउण्टरमार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । हाल कम्पनीको सम्पूर्ण कार्यालय तथा बीमा काउन्टरहरूमा करिब २६७ जना कर्मचारी कार्यरत छन् ।

     

    साताको लोकप्रीय