काठमाडौँ / नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ बार्षिक साधारण सभा यही असार २१ गते सोमबार सम्पन्न भएको छ ।
कास्की जिल्लाको न्युरोड पोखरास्थिति सिटिस्क्वेयर प्रा.लि.मा मा आयोजित सभाले स्याङ्जा जिल्ला वालिङ नगरपालिका–३ स्थायी ठेगाना भएका शेयरधनी रमेश कुमार कर्मचार्यलाई सञ्चालक समितिको अध्यक्षमा निर्वाचित गरेको छ ।
यसैगरी पर्वत, फलेवास–१ का शेयरधनी निलकण्ठ शर्मा लम्साल, पोखरा उपमहानगरपालिका–१२का विवेक श्रेष्ठ, पोखरा उपमहानगर – ५ की विनिता कोइरालालाई पनि सभाले सञ्चालकमा निर्वाचित गरेको छ ।