काठमाडौं / एक तीन वर्षे बालक दलित जंग रावलको जीवन बचाउन उनका परिवारले सहयोगको याचना गरेका छन् । एक्युट लिभर फेलियर भएका ३ वर्षे बालक रावलको कलेजो प्रत्यारोपणका लागि दाताको आवश्यकता भएको परिवारले जनाएको छ।
उनको कलेजो प्रत्यारोपणका लागि यसअघि नै पारिवारीक दाता तयार भएपनि दाताको कलेजो उपयुक्त नभएको, अन्य दाताको सहयोग लिनु परेको परिवारले जनाएको छ ।
अहिले उनको उपचार गरिरहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जानकारी दिएको छ ।
उनको लागि “ओ पोजिटिभ” रगत समूह भएका दाताको खोजी भईरहेको र उनको परिवारमा त्यस्तो अन्य दाता व्यक्ति नभएको बताइएको छ । नयाँ कलेजो दाता खोजी गर्दै हाल टिचिङ बाल अस्पतालमा मेडिकल सपोर्टमा रहेका रावलको लागि आगामी १५ दिनभित्र नयाँ दाता खोजी गरेर कलेजो प्रत्यारोपण गर्नुपर्ने छ । दर्शित जंग रावलको पिता दिनेश रावलले सबैसंग आग्रह गर्दै आफ्नो छोराको ज्यान बचाईदिन आग्रह गरेका छन् ।
यसको लागि इच्छुक दाताहरुले दिनेश रावललाई सम्पर्क मोवाइल् नम्बर ९८०२०९६३२६ मा सम्पर्क राख्न सक्ने जनाएको छ ।
बच्चाको विवरण
नामः दर्शित जंग रावल
एक्युट लिभर फेलियर
उमेरः ३ बर्ष १० महिना
आवश्यकताः ओ पोजिटिभ कलेजो दाता