विदेश किन जाने ? दूध बेचेर वार्षिक रु डेढ करोड आम्दानी

विदेश किन जाने ? दूध बेचेर वार्षिक रु डेढ करोड आम्दानी

अर्थ डबली
आइतवार, असार २७ २०७८
अर्थ डबली
आइतवार, असार २७ २०७८ (अर्काइभ बाट)
  • विदेश किन जाने ? दूध बेचेर वार्षिक रु डेढ करोड आम्दानी

    मन्दिरा बर्तौलाको स्थायी ठेगाना मकवानपुरको थाहा नगरपालिका– ३ हो । 

    images
    images

    दूध बेचेर एक वर्षमा रु सात लाख कमाउँछन् । 

    आर्थिक वर्ष २०७७/ ७८ मा १२ हजार ८९३ लिटर दूध बेचेका थिए । उनले आफूले पालेका तीन उन्नत जातका गाईबाट यति धेरै दुघ बेचेका हुन् । 

    त्यस्तै, कल्पना लामिछाने नगरपालिकाकै वडा नम्बर १ की बासिन्दा हुन् । गाईको दूध बेचेर एक वर्षभित्र रु दुई लाख २७ हजार आम्दानी गरे । उनले पाँच गाई पालेका थिए । उनीहरु स्वरोजगार मात्रै बनेका छैनन् विदेशिन चाहाने युवाहरुका लागि गतिलो उदाहरण बनेका छन् । 
     
    स्थानीय कृषक स्वरोजगार हुँदै आम्दानीका लागि कतै भौतारिनु पर्दैन भन्ने उदाहरण बन्न थालेका छन् । नगरपालिकामा पछिल्ला वर्षमा दूधका लागि पशुपालन फस्टाउँदै गएको छ

    नगरपालिकामा घर नजिकै दूध बेचेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्नेको सङ्ख्या दुई दर्जनभन्दा बढी छ । 

    आर्थिक वर्ष २०७७/ ०७८ मा थाहा– ६ का शिवप्रसाद अधिकारीले तीन हजार ३५१ लिटर, थाहा–२ का सुरेन्द्र बस्नेतले तीन हजार ३६० लिटर, थाहा–३ की राजी केसीले तीन हजार २८१ लिटर, थाहा–२ का राजु ढकालले तीन हजार १९९ लिटर दूध बेच्न थाले । उनीहरुको वार्षिक आम्दानी रु डेढ लाखभन्दा बढी छ । 
     
    नगरपालिकाका पशु विकास शाखाका निमित्त प्रमुख रुपेशकुमार मिश्रका अनुसार नगरपालिकाभित्र दूधका लागि अहिले ३१५ कृषकले व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन् । 

    उनीहरुले व्यावसायिक रुपमा पालेका गाई भैँसीबाट चालू आवको हालसम्म कूल तीन लाख दुई हजार ९१४ लिटर दूध सङ्कलन भएको छ। 

    Gorkha eco panel.PNG

    औसतमा प्रतिलिटर रु ५५ को दरले हिसाब गर्दा उक्त परिमाणको दूध बिक्रीबाट कृषकले रु एक करोड ६६ लाख ६० हजार आम्दानी गरेका छन् । 

    दूधका लागि धेरैजसो कृषकले उन्नत जातका गाई पालेका छन् । करीब ५० कृषकले भैँसीपालन गरेका छन् । सोका लागि नगरपालिकाले पशुपालन पकेट क्षेत्र घोषणा गरेको छ । 

    पशुपालन पकेट क्षेत्रअन्तर्गत यस नगरपालिकामा सबैभन्दा धेरै पशुपालक कृषक वडा नं ६ बज्रबाराहीमा छन् ।

     बज्रबाराहीमा बज्रबाराही पशुपालन कृषक समूह नै बनाएर पशुपालन व्यवसाय प्रवद्र्धनको काम भइरहेको पशुविकास शाखाका निमित्त प्रमुख मिश्रले बताए । 

    सो समूहमा आबद्ध १०० कृषकबाट मात्र एक वर्षमा ५७ हजार लिटर दूध बिक्री भएको बताइएको छ । 

    घर्तीखोला, फाँटबजार, थानाबजार, ओखरबजार, बज्रबाराही र जगडाँडा क्षेत्रलाई पशुपालन पकेट क्षेत्र घोषणा गरी दूध सङ्कलनका लागि पकेट क्षेत्रमै सङ्कलन केन्द्रको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

     उत्पादन क्षेत्रमै सङ्कलन केन्द्र स्थापना गरिएपछि कृषकलाई बजारीकरणको कुनै समस्या नभएको बज्रबाराहीस्थित नन्दीकेश्वर डेरीका सञ्चालक प्रमोद जोशीले बताए । 

    आफूहरुले सङ्कलन केन्द्रमा बिक्री गरेको दूधको परिमाणका आधारमा सङ्कलन केन्द्रबाट प्राप्त आम्दानीका अतिरिक्त नगरपालिकाले प्रतिलिटर रु डेढका दरले थपेर दिएपछि पशुपालक कृषक झनै उत्साहित भएका छन्।

    कृषकलाई प्रोत्साहनस्वरुप थप रकम उपलब्ध गराउन नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा रु पाँच लाख बजेट विनियोजन गरेको थियो।

     सो बजेटबाट सङ्कलन केन्द्रमार्फत आर्थिक वर्षको अन्त्यमा एकमुष्ठरुपमा रकम उपलब्ध गराइएको निमित्त प्रमुख मिश्रले बताए । 

    नन्दीकेश्वर डेरीबाट ८४ कृषकलाई र पालुङ डेरीअन्तर्गत फाँटबजार–अङ्गारेका ५८ कृषकलाई, ओखरबजारका १२ कृषकलाई, थानाबजारका ११ कृषकलाई, जगडाँडाका २१ कृषकलाई र घर्तीखोलाका २९ कृषकलाई प्रतिलिटर रु डेढका दरले अतिरिक्त रकम उपलब्ध गराइएको छ । 
     
    त्यसैगरी बज्रबाराही पशुपालन कृषक समूहका १०० पशुपालकले अतिरिक्त रकम पाएका छन् । घर्तीखोलाकी मन्दिरा बर्तौलाले मात्र दूध बिक्री गर्दा स्थानीय सरकारबाट रु १९ हजार ३४० अतिरिक्त रकम पाएका थिए । 

    साताको लोकप्रीय