सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ? 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ? 

अर्थ डबली
सोमवार, असार २८ २०७८
अर्थ डबली
सोमवार, असार २८ २०७८ (अर्काइभ बाट)
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ? 

    काठमाडौँ / स्थानीय बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो । 

    images

    महासंघका अनुसार हिजो आइतबार ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार ९२ हजार २०० रुपैयाँ र ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको तेजावी सुन ९१ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ । 

    यता, चाँदीको भाउ पनि घटेर एक हजार ३१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । 

    साताको लोकप्रीय