प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

अर्थ डबली
मंगलवार, असार २९ २०७८
अर्थ डबली
मंगलवार, असार २९ २०७८ (अर्काइभ बाट)
  • प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

    काठमाडौँ /प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री निवास बालुवाटारबाट उनले अपराह्न २ बजे सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

    images
    images

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हँुदै छन् । उनले आजै प्रधानमन्त्रीको सरकारी निवास पनि  छाड्दै छन् । 

    विसं २०७४ फागुन ३ मा  नियुक्त  भएपछि नेकपा(एमाले) संसदीय दलका नेता ओली  तीन वर्ष चार महिना प्रधानमन्त्रीमा रहेका थिए ।  यस्तै प्रधानमन्त्रीले अपराह्न सम्बोधन गर्ने भएपछि एमाले स्थायी कमिटी बैठक पनि स्थगन गरिएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आज अपराह्न १ बजे बोलाइएको बैठक स्थगन गरिएको जानकारी दिए । 
     
    यसैबीच एमाले विवाद समाधान कार्यदलले आफ्नो सहमतिका बूँदा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको छ । यसअघि सोमबार अध्यक्ष ओलीलाई सो सहमति बुझाइएको थियो । नेता नेपालले पार्टी एकता अघि बढाउन आफू विपक्षी गठनबन्धनबाट अलग भएको जानकारी दिएकासकेका छन् । 

    साताको लोकप्रीय