काठमाडौँ / नेपाल बङ्गलादेश बैंक लिमिटेडले संस्थापक समूहका शेयरधनी आईएफआईसी बैंक लिमिटेड, ढाकाले आफ्नो सम्पूर्ण शेयर बिक्री गर्ने भएको छ । बैंकको यही असार २८ गते बसेको ३७१ औँ सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैंकका संस्थापक समूहको शेयरधनी आईएफआईसी बैंक लिमिटेड ढाकाले आफ्नो सम्पूर्ण ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता तथा आथिंक बर्ष २०७७/०७८ मा कुनै बोनश शेयर प्राप्त भएमा सो समेत संस्थापक शेयरहरू बिक्री गर्नको लागि आवेदन दिएको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन, बैंकको प्रबन्धपत्र तथा नियमावली, आईएफआईसी बैंक लिमिटेडसँग भएको संयुक्त लगानी सम्बन्धी सम्झौता बमोजिम बिक्रीमा रहेको संस्थापक शेयरहरू खरिद गर्ने पहिलो हक विद्यमान अन्य संस्थापक शेयरधनीहरूको हुनेछ ।
हेर्नुस् सूचना