काठमाडौं/ निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो जिम्मेवारीबाट विदा लिएको बताएका छन् । थापा विगत २० महिनादेखि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारका रुपमा थिए ।
सम्भवतः सबैभन्दा बढि आलोचना खेपेका थापाले आफूले जिम्मेवारीबाट विदा लिएको बताउँदै सबैलाई धन्यबाद दिएका छन् ।
उलने आफूले प्रयोग गरेको गाडी र ल्यापटपआदि पनि भरपाई लिई फिर्ता गरेको पनि बताएका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले यो जिम्मेवारी प्रदान गर्नुभएकोमा विशेष कृतज्ञ छु, उनले भने, जिम्मेवारी बहन गर्दा सद्भाव, सहयोग र रचनात्मक सुझावसाथ मार्गदर्शन गर्ने सबैलाई धन्यबाद दिन चाहान्छु ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र सल्लाहकारज्यूहरू,प्रमुख स्वकीय सचिवज्यू, विज्ञज्यूहरू र सचिवालयको टिम,देशविदेशका सञ्चारकर्मी र शुभेच्छुकहरूप्रति आभारी छ, थापाले ट्वीट गरेका छन् । आलोचकहरूलाई पनि धन्यवाद भनेका छन् ।
जिम्मेवारी बहनका क्रममा सद्भाव, सहयोग गर्ने, रचनात्मक सुझावसाथ मार्गदर्शन गर्नुहुने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र सल्लाहकारज्यूहरू,विज्ञहरू, प्रमुख स्वकिय सचिव र सचिवालयको टिम, देशविदेशका सञ्चारकर्मीहरूप्रति आभारी छु, उनले भने ।