ललिता निवास जग्गा प्रकरण : नेता गच्छदारलाई १० लाख धरौटी 

ललिता निवास जग्गा प्रकरण : नेता गच्छदारलाई १० लाख धरौटी 

अर्थ डबली
बिहिवार, असार ३१ २०७८
अर्थ डबली
बिहिवार, असार ३१ २०७८ (अर्काइभ बाट)
  • ललिता निवास जग्गा प्रकरण : नेता गच्छदारलाई १० लाख धरौटी 

    काठमाडौँ / विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग रु १० लाख धरौटी माग गरेको छ ।
          
    विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बुधबार थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने आदेश गरेको हो ।
          
    विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार नेता गच्छदारलाई अदालतले आज उक्त विवादमा बयान लिएर थुनछेक बहसपछि रु १० लाख धरौटी माग गरेको थियो । उनले बुधबार नै रु १० लाख बुझाएका छन् । 
          
    बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

    images
    images

    नेता गच्छदारविरुद्ध रु नौ करोड ६५ लाख ७६ हजार बिगो माग गरिएको थियो ।

    साताको लोकप्रीय