प्रदेश नं २ मा दुई मन्त्रीले दिए राजीनामा, यस्तो छ कारण 

प्रदेश नं २ मा दुई मन्त्रीले दिए राजीनामा, यस्तो छ कारण 

अर्थ डबली
शनिवार, साउन २ २०७८
अर्थ डबली
शनिवार, साउन २ २०७८ (अर्काइभ बाट)
  • प्रदेश नं २ मा दुई मन्त्रीले दिए राजीनामा, यस्तो छ कारण 

    जनकपुरधाम / प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिएका छन् । 

    images
    images

    मुख्यमन्त्री लालबाबु राउतले उनीहरुको राजीनामा स्वीकृत गरी दुवै जनालाई आजै बिदाइ गर्नुभएको मुख्यमन्त्री सञ्चार  सचिवालयले जनाएको छ । 

    सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउनका लागि मार्ग प्रशस्त गर्न दुवै जनाले राजीनामा दिएको बताइएको छ । 

    नेकपा माआओदी केन्द्र आजै सरकारमा सहभागी हुनेछ । सो पार्टी संसदीय दलका नेता भरत साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवि कर्णलाई राज्यमन्त्री पदमा शपथ गराइने कार्यक्रम रहेको बताइएको छ ।

    साताको लोकप्रीय