आफू त भलो जगतै भलो...!, तपाई कसको भलो/ भलाई चाहानुहुन्न ? केही दार्शनिक प्रेरक भनाई

 आफू त भलो जगतै भलो...!, तपाई कसको भलो/ भलाई चाहानुहुन्न ? केही दार्शनिक प्रेरक भनाई

अर्थ डबली
आइतवार, साउन ३ २०७८
अर्थ डबली
आइतवार, साउन ३ २०७८ (अर्काइभ बाट)
  •  आफू त भलो जगतै भलो...!, तपाई कसको भलो/ भलाई चाहानुहुन्न ? केही दार्शनिक प्रेरक भनाई

    काठमाडौं/ तपाई/ हामी कसको भलाई चाहान्छौं कसको चहादैनौं, नेपालीमा एउटा चर्चित उखान छ आफू भलो जगतै भलो ....आफूले राम्रो गरे सबैको राम्रो भईने भलो हुने यो उक्ति लोक उखान हो, कसले लेखे अज्ञात छ ।

    images
    images

    भागवत गीतामा पनि भलो अज्ञानीले, असंयमीले र कर्तव्यपालन नगर्नेले आफ्नो तथा अरुको भलाई गर्न सक्दैनन् भनेका छन् ।

    यस्तै चिनियाँ दार्शनिक कन्फ्यूसियसले भनेका छन् जसले अरुलाई भलाई गर्न चाहान्छ उसले पहिले आफ्नो भलाई हेर्नुपर्दछ । भलाई अर्थात राम्रो कार्यप्रति विभिन्न समयमा विभिन्न दार्शनिक व्यक्तित्वहरुले आफ्नो आफ्नो ढंगले परिभाषित गरेका छन् । केही  त्यस्ता उत्कृष्ट विषयहरु यस्तो छः 

     


    १ . – जसले आफ्नो भलाइको इच्छा गर्छ, उसले आफ्नो भाइबन्धुहरुलाई पनि उन्नतिशील 
        बनाउनुपर्छ । – विदुरनीति

    २. – म आफू खारिने छु र आफ्नो भलो गर्छु अनिमात्र अरुको भलो गर्न सक्छु । – महात्मा गान्धी

    ३ . – आफू त भलो जगतै भलो । – चर्चित नेपाली उक्ति

    ४. – अज्ञानीले, असंयमीले र कर्तव्यपालन नगर्नेले आफ्नो तथा अरुको भलाई गर्न सक्दैनन् । 
        - भागवत गीता

    ५.  – कोही व्यक्ति भलो, कुभलोमा आशङ्कित हुन्छ भने उसले आफ्नो मनलाई भलाइमा नै 
         लगाइराख्नुपर्छ । – गौतम बुद्ध

    barsha, mausam.JPG

    ६.   – जसले अरुलाई भलाइ गर्न चाहान्छ , उसले पहिले आफ्नो भलाइ गर्नुपर्छ । –  कन्फ्युसियस

    ७.    – जसरी एउटा सानो बत्तीको प्रकााश धेरै टाढासम्म फैलिन्छ, त्यसै गरी यस संसारमा 
            भलाइ धेरै टाढासम्म चम्कन्छ । – विलियम शेक्सपियर

    ८.     – जसले भलाइबाट प्रेम गर्दछ, उसले आदरणीय प्राणीलाई सम्मान गर्दछ । – हेनरी 
            इमर्शन

    ८.      – भलाइ जति धेरै गरिन्छ, त्यति नै धेरै फैलिन्छ । – जोन मिल्टन

     

    साताको लोकप्रीय