नबिल बैंकले साउन १० गतेदेखि  ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने ब्याजदर कति ? 

नबिल बैंकले साउन १० गतेदेखि  ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने ब्याजदर कति ? 

अर्थ डबली
आइतवार, साउन ३ २०७८
अर्थ डबली
आइतवार, साउन ३ २०७८ (अर्काइभ बाट)
  • नबिल बैंकले साउन १० गतेदेखि  ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने ब्याजदर कति ? 

    काठमाडौँ / नबिल बैंक लिमिटेडले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बार्षिक ८ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र  १००० रुपैयाँ अंकित मूल्यको उक्त ऋणपत्र निष्काशन गर्न लागेको हो । 

    images
    images

    बैंकले ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ कूल ऋणपत्रमध्येबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने जानकारी दिएको छ । 

    बैंकले निष्काशन तथा बिक्री गर्ने उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम् सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

    त्यस्तै, बिक्री प्रबन्धक हिमालन क्यापिटलका अनुसार १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट र सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रबाट ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । 

    ऋणत्र खरिदका लागि छिटो मिति साउन १३ गते र सो समयमा पर्याप्त मात्रामा आवेदन नपरे असार २४ गतेसम्म आवेदन दिनुपर्नेछ । बैंकलाई इक्रा नेपालले निकै कम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ ।  

    बैंकको उक्त ऋणपत्र खरिदका लागि बिक्री प्रबन्धक हिमालयन क्यापिटल तथा आस्बा सेवा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । 

    साताको लोकप्रीय