एन आई सी एशिया बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको शेयर बिक्री गर्ने

एन आई सी एशिया बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको शेयर बिक्री गर्ने

अर्थ डबली
आइतवार, साउन ३ २०७८
अर्थ डबली
आइतवार, साउन ३ २०७८ (अर्काइभ बाट)
  • एन आई सी एशिया बैंकले  सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको शेयर बिक्री गर्ने

    काठमाडौँ / एन आई सी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको शेयर बिक्रीको लागि शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।

    images

    बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको ३ लाख ५० हजार ३६९ कित्ता शेयर प्रतिकित्ता न्यूनतम मूल्य एक हजार २२१ मा बिक्री गर्ने बैंकको निर्णयअनुसार गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

    बोलपत्र आवेदन फाराम एन आई सी एशिया क्यापिटल लिमिटेड बाबरमहल, काठमाडौँ, एनआई एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर, थापाथली काठमाडौँ, विराटनगर – ३ मोरङ, आदर्शनगर, वीरगञ्ज, पर्सा, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटव, हस्पिटल लाइन , धनगढी र विरेन्द्रनगर, सुर्खेतमा पाइने बैंकले जनाएको छ । 

    बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्था र बीमा कमपनी बाहेकका अन्य कम्पनी तथा ब्यक्तिहरू सहभागी हुन नसक्ने बैंकले जनाएको छ । आवेदकको प्रबन्धपत्र नियमावलीमा शेयर खरिद बिक्री गर्न सक्ने व्यवस्था रहेको हुनुपर्नेछ । 

    बोलपत्र आवेदन फारामाथि उल्लेखित संकलन केन्द्रहरुबाट १०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ । साथै एन आई सी एशिया बैंकका माथि उल्लेखित शाखा कार्यालयहरुबाट आवेदन दिन चाहने आवेदनकर्ताहरुले बैंकको छाप लगाएको आवेदन फाराम खरिद गर्न सक्नेछन् । बैंकको आवेदन नलगाएको फाराम योग्य नहुने बैंकले जनाएको छ । 

    साताको लोकप्रीय