तपाई चढेको गाडीले बढि भाडा लियो ?, १०३ मा फोन गर्नुस्  प्रहरीले तुरुन्त कारवाही  गर्छ !

तपाई चढेको गाडीले बढि भाडा लियो ?, १०३ मा फोन गर्नुस्  प्रहरीले तुरुन्त कारवाही  गर्छ !

अर्थ डबली
सोमवार, साउन ४ २०७८
अर्थ डबली
सोमवार, साउन ४ २०७८ (अर्काइभ बाट)
  • तपाई चढेको गाडीले बढि भाडा लियो ?, १०३ मा फोन गर्नुस्  प्रहरीले तुरुन्त कारवाही  गर्छ !

    काठमाडौं/  सार्वजनिक यातायातमा तपाई सवार हुनुहुन्छ ? यदि तपाईर्ला बढि भाडा लियो भने प्रहरीलाई खवर गर्नुस् । तुरुन्तै कारवाही हुन्छ । हिजो मात्रै तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको छ । 

    images
    images

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार  बढि भाडा असुल्ने हरुलाई यातायात नियमानुसार कारवाही गरिएको हो । बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई रु ५०० देखि रु एक हजार ५०० सम्म कारवाही भइरहेको छ ।

    यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । 

    साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरि भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारवाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले  बताए । 

    forex.JPG
     
     महाशाखाले शुक्रबारदेखि शनिबार बिहानसम्म बढी भाडा लिने १६० सवारीलाई कारवाही गरेको थियो । शनिबारदेखि आइतबार दिउँसो ४ बजेसम्म बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको हो । 


     एउटै सवारीले पटकपटक बढी भाडा लिएको पाइएमा रु पाँच हजार जरिवानासहित सवारी ‘सिज’ गर्नेसम्मका कारवाही गरिने तयारी भएको प्रवक्ता शर्मा दासले बताए । 

    शुक्रबार कारवाही गरिएपछि शनिबारदेखि बढी भाडा लिने क्रम घट्दै गएको महाशाखाले जनाएको छ ।

    साताको लोकप्रीय