सिडिएससीले मेरो शेयर प्रणालीमा थप्यो ‘माइ होल्डिङ’ सुविधा, कसरी गर्ने प्रयोग ?

सिडिएससीले मेरो शेयर प्रणालीमा थप्यो ‘माइ होल्डिङ’ सुविधा, कसरी गर्ने प्रयोग ?

अर्थ डबली
सोमवार, साउन ४ २०७८
अर्थ डबली
सोमवार, साउन ४ २०७८ (अर्काइभ बाट)
  • सिडिएससीले मेरो शेयर प्रणालीमा थप्यो ‘माइ होल्डिङ’ सुविधा, कसरी गर्ने प्रयोग ?

    काठमाडौँ / सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले मेरो शेयर प्रणालीमा धितोपत्रको स्वामित्व अवधि गणना सुविधा थप गरेको छ । सिडिएसीले साउन ३ गते आइतबार बेलुका ७ बजेदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो । 

    images
    images

    उक्त सुविधा मेरो शेयरको मोवाइल एप प्रयोग गर्ने लगानीर्ताहरुलाई प्लेस्टोरमार्फत मेरो शेयर एप अपडेट गरी सेवा प्रयोग गर्न समेत आग्रह गरेको छ ।  

    साउन १ गतेदेखि हुने सम्पूर्ण कारोबारमा बिक्रीकर्ता बासिन्दा प्राकिृतिक व्यक्तिले धितोपत्रको बिक्री कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना गर्नका लागि आफ्नो स्वामित्वमा रहेको धितोपत्रको लागतको भारित औसत गणना गरिने व्यवस्था रहेको थियो ।

    अब सो विवरण प्रदान गर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरी धितोपत्र लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा मौज्दात रहेको समयावधिसमेत गण्ना गरी बिक्री गरेको धितोपत्र मध्ये ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्र र सोभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्या समेत खुलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ । 

    dhitopatra bord news.JPG

    साउन ३ गतेदेखिको कारोबारमा व्यक्तिगत लगानीकर्ताहरुले मेरो शेयरमार्फत अल्पकालीन तथा दीर्घकालिन समयावधिसम्म स्वामित्वमा रहेको धितोपत्रको पुँजीगत लाभकर तिर्नुपर्ने भएको हो । 

    यसका लागि सिडिएसीले मेरो शेयरमा माइ पर्चेज सोर्समा माइ होल्डिङ नामक सुविधा थप गरेको छ । यसका लागि सिडिसिएसीले निम्न प्रक्रिया अपनाउन आग्रह गरेको छ । 

    हेर्नुस् 

    cdcs1.jpg

    cdcs2.jpg

    CDCS3.jpg

    Cdcs4.jpg

    CDCS5.jpg

    CDCS 6.jpg

    CDCS7.jpg

     

    साताको लोकप्रीय