मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने, बार्षिक ब्याजदर कति ?  

मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने, बार्षिक ब्याजदर कति ?  

अर्थ डबली
सोमवार, साउन ४ २०७८
अर्थ डबली
सोमवार, साउन ४ २०७८ (अर्काइभ बाट)
  • मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने, बार्षिक ब्याजदर कति ?  

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले ७ बर्षे अवधिको १२ लाख ५० हजार कित्ताले हुने आउने १ अर्ब २५ करोड रुपैयाँ बराबरको ‘मुक्तिनाथ डिबेन्चर/ऋणपत्र २०८४/८५’ निष्काशन गर्ने भएको छ । 

    images
    images

    कम्पनीले यही साउन ७ गतेदेखि निष्काशन गर्ने ऋणपत्रको बार्षिक ब्याजदर ८.७५ प्रतिशत रहेको छ ।  प्रति ऋणपत्र रु. १००० अंकित मूल्यको उक्त ऋणपत्रको कूल कित्तामध्ये बैंकले ७ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल रु. ७५ करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने ५ लाख कित्ता ऋणपत्रले हुन आउने कूल ५० करोड ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ ।

    सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रबाटै ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । 

    कम्पनीले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिहरूलाई विस्तार गर्नका लागि आवश्यक पूँजी सङ्कलन गर्न, कम्पनीको पुरक पूँजीकोष बृद्धि गर्न तथा प्रबन्धपत्रमा उल्लेख गरिएको उद्देश्यअनुरुप कार्य गर्न आवश्यक पूँजी जुटाउने उद्देश्यले ऋणपत्र निष्काशन गर्ने भएको हो । 

    बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले मध्यमकर्जा जोखिम जनाउने त्रिपल बि रेटिङ प्रदान गरेको छ । यस रेटिङ् ग्रेडलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ ।

    ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्म र उक्त समयमा बिक्री नभएको खण्डमा ढिलोमा असार २१ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । ऋणपत्र बिक्री प्रबन्धकको जिम्मेवारी भने बैंकले सानिमा क्यापिटल लिमिटेडलाई प्रदान गरेको छ । 

    ऋणपत्र खरिदका लागि बिक्री प्रबन्धकका साथै सि आस्वा सेवामा सहभागी सम्पूण बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू र मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । 

    नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्काशनका लागि असार ८ गते स्वीकृति दिएको हो । 

    साताको लोकप्रीय