सनराइज बैंकले सुरू गर्यो कार्डलेस भुक्तानी, कसरी लिने यस्तो सुविधा ? 

सनराइज बैंकले सुरू गर्यो कार्डलेस भुक्तानी, कसरी लिने यस्तो सुविधा ? 

अर्थ डबली
मंगलवार, साउन ५ २०७८
अर्थ डबली
मंगलवार, साउन ५ २०७८ (अर्काइभ बाट)
  • सनराइज बैंकले सुरू गर्यो कार्डलेस भुक्तानी, कसरी लिने यस्तो सुविधा ? 

    काठमाडौँ / सनराइज बैंक लिमिटेडले कार्डलेस भुक्तानी सेवाको शुरूवात गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई समयसापेक्ष सेवा सुविधाहरू दिदै आएको बैंकले कार्ड बिना नै रकम झिक्न सक्ने यस्तो सुविधा शुरू गरेको हो । 

    images
    images

    हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटिएम मेसिनबाट रकम झिक्दै आएकोमा अब यस बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै ए.टि.एम बाट रकम झिक्न सक्नेछन् । 

    यस सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो सनराइज स्मार्ट प्लस (मोबाइल बैंकिङ्ग) प्रयोग गरी कार्डलेस विथड्रर अप्सन (Cardless Withdrawal Option) मा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सबमिट गर्नुपर्नेछ । 

    त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटिपि कोड एसएमएसमार्फत आउनेछ । सनराइज बैंकको ए.टि.एम.मा गई कार्डलेसन विथड्र अप्सन रोजी एसएमसमा आएको ओटिपि कोड प्रयोग गरी कार्ड बिना नै सजिलै रकम झिक्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यस प्रक्रियामा आएको ओटिपि कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक हुन्छ । 

    नयाँ र अत्याधुनिक यस प्रबिधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग ए.टि.एम मार्फत सजिलै रकम झिक्न सकिने छ । सन्राइज बैंकले यस अघि पनि मिस्ड कलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेको १६१ वटा ए.टि.एम मार्फत लिन सक्नेछन् । 

    साताको लोकप्रीय