गर्मी समयमा बरदान सावित उखुको जुस पिउनुका १० फाइदा, हेर्नुहोस्

गर्मी समयमा बरदान सावित उखुको जुस पिउनुका १० फाइदा, हेर्नुहोस्

अर्थ डबली
बुधवार, साउन ६ २०७८
अर्थ डबली
बुधवार, साउन ६ २०७८ (अर्काइभ बाट)
  • गर्मी समयमा बरदान सावित उखुको जुस पिउनुका १० फाइदा, हेर्नुहोस्

    नेपालको तराई क्षेत्रमा धेरै पाइने उखुबाट जुस, चिनी जस्ता विभिन्न खाद्य तथा पेय पदार्थ बन्छ । तर उखुको जुस स्वास्थ्यका लागि कति पाइदाजनक छ भन्नचाहिँ सबैलाई हेक्का नहुन सक्छ ।

    images
    images

    उखुको जुसमा कागती र पुदिनाको रससमेत मिसाएर सेवन गर्दा मिठास बढ्छ । त्यति मात्रै हैन यसले स्वाथ्यका लागि बरदान समेत हुन्छ । उखुको जुसको पाइदाहरु यस्ता छन् :

    उखुको जुसमा अत्यधिक मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जुन हाम्रो पाचन तन्त्रका लागि निकै महत्वपूर्ण हुन्छ । यसले संक्रमणबाट बच्न र बचाउन पनि उत्तिकै सहयोग पुर्याउँछ ।
     
    उखुको जुसमा आइरन, म्याग्नेसियम, क्याल्सियम, भिटामिन, कोबाल्ट, जिङ्क र अनेक किसिमका इलेक्ट्रोलाइट्स पनि पाइन्छन जुन तत्वहरू शरीरको हाइड्रेसनका लागि अति आवश्यक हुन्छन् । यसले शरीरमा प्रोटिन स्तर बढाउने काम गरिरहेको हुन्छ । त्यसका साथै ज्वरो र संक्रमण आदिविरुद्ध लड्नमा पनि हामीलाई सहयोग पुर्याउछ ।

    Ukhuko juise, jus.JPG
     
    उखुको जुस डाइयुटेरिक अर्थात् मूत्रवद्र्धक हुन्छ । यसले शरीरमा मूत्रसम्बन्धी क्षेत्रहरूमा संक्रमण हुनबाट जोगाउँदछ । यसबाहेक मृगौलामा पत्थरी हुनबाट पनि यसले बचाउँदछ । मृगौला (किडनी)ले राम्रोसँग काम गरिरहेको भए पनि उखुको जुस निकै सहयोगी हुन्छ ।
     
    उखुको जुस महत्वपूर्ण आयुर्वेदिक औषधी पनि हो । यसले हाम्रो कलेजोलाई पनि शक्ति प्रदान गर्दछ ।
     
    पहेँले रोग (कमलपित्त) को उन्मूलनमा उखुको जुस सेवन वरदान सरह नै हुन्छ । पहेँले रोगमा कलेजोले सही ढंगबाट काम गर्न नसक्दा शरीरका द्रवहरू बिलरुबिनको अधिकता हुन पुग्दछ । यस कारणले गर्दा हाम्रो शरीरको त्वचा (छाला) पहेँलो हुँदै जान्छ ।

    Ukhuko juise, jus.JPG
    यस्तोमा उखुको जुसले शरीरमा प्रोटिन र अन्य पोषक तत्वको कमी पुर्ताल गर्दछ जसले गर्दा पहेँले रोगबाट छुटकारा पाउन धेरै सहयोग मिल्दछ ।
     
    उखुको जुसमा पाइने अल्कालाइन तत्वले गर्दा यसको नियमित सेवनले प्रोस्टेट र ब्रेस्ट क्यान्सर रोगहरूविरुद्ध जुझ्न पनि यो उत्तिकै प्रभावशारी हुन्छ । यस जुसको अर्को विशेषता यसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउन पनि राम्रो सहयोग मिल्दछ ।
     
    उखुको जुसमा ग्लाइकेमिक इन्डेक्स निकै कम हुन्छ । त्यसकारण यो डायबिटिज रोगीहरूका लागि पनि प्रभावशाली औषधी हो । यसमा उल्लेख्य मात्रामा खनिज तत्व पाइन्छ जसले गर्दा यो दाँतसम्बन्धी सबै समस्याका लागि एउटा कारगर उपाय हो ।
     
    घाँटी दुखेको अथवा रुघाखोकी लागेको अवस्था छ भने पनि यस्तोमा उखु जुसले निकै सकारात्मक सहयोग पुर्याउँछ ।
     
    यदि तपाईंको साँस गन्हाउँछ भने तपाईंले उखुको जुस सेवन गर्नुपर्छ । यसो गरेमा चाँडै नै साँस गन्हाउने समस्याबाट राहत मिल्दछ ।

    साताको लोकप्रीय