‘युरो कप विथ फोन लोन योजनाका’ को विजेता बने लक्ष्मी बैंकका अशोक कुमार खाती

‘युरो कप विथ फोन लोन योजनाका’ को विजेता बने लक्ष्मी बैंकका अशोक कुमार खाती

अर्थ डबली
बुधवार, साउन ६ २०७८
अर्थ डबली
बुधवार, साउन ६ २०७८ (अर्काइभ बाट)
  • ‘युरो कप विथ फोन लोन योजनाका’ को विजेता बने लक्ष्मी बैंकका अशोक कुमार खाती

    काठमाडौं / फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’क्याम्पेनको विजेता घोषणा गरेको छ । 

    images
    images

    यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बनेका छन् । 

    विजेता खातीले सामसङ्गको ५५–इन्च स्मार्ट टिभी जिते ।  ‘युरो कप विथ फोन लोन’ योजना असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोन लोन सन्जालका ५ वटा बैंक सहभागी भएका थिए । 

    यो योजनामा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए । 

    यस योजनामा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । 

    विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो ।  यो योजनामार्फत फोनलोनले ग्राहकहरु माझकागज–रहित, धितो–रहित स्मार्ट लोन सुविधाबारे जानकार गराएको छ ।


    पछिल्ला दिनमाफोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तिब्र आकर्षण देखिएको हो ।

     

    साताको लोकप्रीय