बर्षायाममा ध्यान नदिए हेपाटाइटिस ए को जोखिम,यस्ता छन् लक्षण र बच्ने उपायहरू 

बर्षायाममा ध्यान नदिए हेपाटाइटिस ए को जोखिम,यस्ता छन् लक्षण र बच्ने उपायहरू 

अर्थ डबली
बुधवार, साउन ६ २०७८
अर्थ डबली
बुधवार, साउन ६ २०७८ (अर्काइभ बाट)
  • बर्षायाममा ध्यान नदिए हेपाटाइटिस ए को जोखिम,यस्ता छन् लक्षण र बच्ने उपायहरू 

    वर्षाको मौससँगै हेपाटाइटिस–ए भाइरस को जोखिम बढ्नसक्छ । मानिसको कलेजोमा असर पुर्याउने हेपाटाइटिस भाइरस सरुवा रोग हो हेपाटाइटिस भाइरस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन्। यो भाइरस अन्य मौसमभन्दा वर्षाको समयमा बढी देखा पर्छ। मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो।

    images
    images

    यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो। दिसाको माध्यमबाट सर्ने हेपाटाइटिस–ए को संक्रमण जोसुकैलाई पनि हुनसक्छ । ढलको उचित प्रबन्ध नहुनु, शुद्ध खानेपानीको अभाव, अशुद्ध खाना, स्वास्थ्य चेतनाको अभाव आदि कारणले यी भाइरसको संक्रमण हुने गर्छ।

    शरीरमा हेपाटाइटिस–ए विषाणू प्रवेश गरेको २–४ हप्तामा जन्डिस लगायतका लक्षण देखिन थाल्छन्। हामीले प्रयोग गर्ने प्रायः औषधि कलोजोको माध्यमबाट पच्ने हुन्छ। सरसफाइ राम्रो नभएको विकासोन्मुख देशका ९० प्रतिशत बालबालिका १० वर्षको उमेर नपुग्दै संक्रमित भएको पाइन्छ।

    Sick.JPG

    लक्षणहरु
    हेपाटाइटिस ए को पहिलो अवस्थामा एकदेखि दुई हप्ता खानामा रुचि घट्दै जाने, वाकवाकी लाग्ने, ज्वरो आउने, दिसा तारन्तार हुने, पेटको दायाँ कोखा दुख्ने आदि लक्षण देखा पर्छन्। 

    त्यस्तै दोस्रो अवस्था पहिलो अवस्था देखिएको एक हप्तापछि शुरु हुन्छ । यसका प्रमुख लक्षणमा दिसा तथा पिसाबमा पहेँलोपना, आँखा, नङ, मुख र शरीरमा क्रमशः पहेँलोपना बढ्छ। 

    तेस्रो अवस्थामा दोस्रो अवस्थाका लक्षणहरु हराएर जान्छन्। बिरामी कमजोर हुन्छ तर सन्चो भएको महसुस गर्छन् । 

    ध्यान दिनुपर्ने कुरा
    प्रशस्त झोल तथा सफा र ताजा खानेकुरा खाने ।

    विरामी कमजोर र काम गर्न सक्दैनन् त्यसैले आराम गर्ने ।

    जथाभावी जडीबुटी तथा एलोपेथीका औषधिले सेवन नगर्ने यसले ज्यान जानसक्छ ।

    उमालेको वा जीवाणूनाशक औषधि प्रयोग गरिएको पानी र राम्ररी पकाएको खानेकुरा खाने ।

    बिरामीले प्रयोग गरेका कपडाहरु राम्ररी घाममा सुकाएर मात्र प्रयोग गर्ने।

    सबैले चर्पीमा दिसापिसाब गर्ने बानी बसाल्ने र बालबालिकाको दिसा पनि चर्पीमा विसर्जन गर्ने घरवरिपरिको ढल निकासलाई व्यवस्थित पार्ने ।

    बिरामी शिथिल हुँदै गएमा तुरुन्त चिकित्सककहाँ सम्पर्क राख्ने ।

    साताको लोकप्रीय