मैलुङखोला जलविद्युतको आईपीओ साउन १४ देखि 

मैलुङखोला जलविद्युतको आईपीओ साउन १४ देखि 

अर्थ डबली
बिहिवार, साउन ७ २०७८
अर्थ डबली
बिहिवार, साउन ७ २०७८ (अर्काइभ बाट)
  • मैलुङखोला जलविद्युतको आईपीओ साउन १४ देखि 

    /काठमाडौँ मैलुङखोला जलविद्युत कम्पनीले यही साउन १४ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले गएको असार २३ मा कम्पनीलाई थियो ।
     कम्पनीले प्रतिकित्ता १०० रुपैँयाअकिंत मूल्यमा सात करोड ३६ लाख २८ हजार रुपैँया बराबरको सात लाख ३६ हजार २८६ कित्ता साधारण सेयर बिक्रि गर्न अनुमति पाएको छ । आयोजना प्रभावित स्थानीयलाई यसअघि नै सार्वजनिक निष्कासन गरिसकेको कम्पनीले कुल निष्कासनमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता समूहिक लगानी कोषको लागि छु्ट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४७ कित्ता सर्वसाधारण लागि बिक्रि खुला गर्ने कम्पनीले जनाएको छ । 

    images
    images


     लगानीकर्ताले उक्त आईपीओमा न्युनतम १० कित्ता अधिकतम एक लाख कित्तासम्मको आवेदन दिन सक्छन् । उक्त सार्वजनिक निष्कासनमा छिटोमा साउन २८ गतेसम्म आवेदन दिने सकिनेछ । आईपीओ निष्कासनको लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

    साताको लोकप्रीय