मोटोपनका कारण हुनसक्छ यस्ता गम्भिर स्वास्थ्य समस्या, तौल घटाउन के गर्ने ?

मोटोपनका कारण हुनसक्छ यस्ता गम्भिर स्वास्थ्य समस्या, तौल घटाउन के गर्ने ?

अर्थ डबली
शुक्रवार, साउन ८ २०७८
अर्थ डबली
शुक्रवार, साउन ८ २०७८ (अर्काइभ बाट)
  • मोटोपनका कारण हुनसक्छ यस्ता गम्भिर स्वास्थ्य समस्या, तौल घटाउन के गर्ने ?

    पछिल्लो समय उमेरको अनुपातमा धेरै तौल अर्थात मोटोपन भएका मानिसहरुको संख्या बढ्दो छ । मोटोपन स्वास्थ्यको लागि राम्रो होइन । आवश्यकता भन्दा धेरै मोटो हुनु स्वास्थ्यको लागि फाइदाजनक मानिदैन । 

    images

    त्यसैले त मोटोपनकै कारणले विभिन्न रोगहरु पनि देखा परिरहेका हुन्छन् । मोटोपन कसरी घटाउने भन्ने विषयमा मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले सामाजिक सञ्जालमार्फत गराएको जानकारीलाई यहाँ प्रस्तुत गरिएको छः अधिकांशलाई आफ्नो तौल ठिकै छ भन्ने लाग्छ । 

    मेरो तौल ठिक छ भन्ने लाग्ने व्यक्तिको तौल भने वास्तवमा ‘ओभर तौल क्याटोगोरी’मा पर्छ । अर्थात त्यस्ता व्यक्रिको तौल आवश्यक भन्दा १० देखि १५ किलोसमम बढी हुनसक्छ ।

    तौल घटाउनु भन्दा पहिला कति तौल घटाउने हो भन्नेमा निश्चित हुन जरुरी छ । तौल घटाउन सबैले प्रयास गर्छन् तर सफल हुन सक्दैनन् । मेरो आफ्नै कुरा गर्नु पर्दा मेरो तौल ६५ हुनुपर्नेमा ७७ थियो मेरो १२ किलो तौल बढी थियो । 

    Motopan.JPG

    बढी भएको तौलले ५ देखि १० वर्षमा मेरो शरीरमा मधुमेह, ब्लड प्रेसर , क्लोस्टोर र मुटुमा समस्या निम्त्याउन सक्छ । १०–२० वर्षपछि मस्तिष्क, कलेजो, पेट,फोक्सो र क्यान्सर समेत निम्त्याउन सक्छ । जति लामो समयसम्म बढी तौल लिएर बस्यो त्यति धेरै रोग लाग्ने सम्भावना रहन्छ । 

    तपाईँको बढी भएको तौल ५ देखि १० प्रतिशत घटाउन सक्नुभयो भने मधुमेह,उच्च रक्तचाप जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ । तौल घट्ने वित्तिकै स्वास्थ्यमा धेरै सुधार आउन थाल्छन् । यसरी तौल ठीक भए बोडरलाइन सुगर र ब्लडप्रेसर भएकाले नियमित औषधि खान पनि पर्दैन ।

    त्यसैले तौल घटाउन कति महत्व छ भन्ने बुझ्न जरुरी छ । तौल घटाउनु पर्छ भन्ने कुराको बारेमा धेरैलाई थाहा छ, तर पनि घटाउन सकिरहेका छैनन् । तौल घटाउनु पर्छ भन्ने लागेको छ भने एउटा संकल्प लिनुपर्छ, अनुशासनमा बस्नुपर्छ । 

    तौल घटाउन भन्दै दुई–चार दिन हिँड्नुहुन्छ र त्यसपछि हिँड्न छोड्नुभयो भने तौल घटाउने सम्भवन हुन्न । केही कुरामा ध्यान दिने हो भने तौल सजिलै घटाउन सक्छौँ । 

    पहिला तपाईँको तौल कति छ रु जो आफूलाई मोटो मान्ने व्यक्तिहरु हुन्छन् – त्यस्ता व्यक्तिको २० देखि ३० किलो तौल धेरै हुनसक्छ । तर यो सबै तौल सुरुकै अवस्थामा घटाउन सकिन्न र मिल्दैन पनि । वैज्ञानिकको कुरालाई मान्ने हो भने एक वर्षमा १० देखि १५ किलो तौल मात्रै घटाउनु पर्ने हुन्छ । 

    एक महिनामा म एक किलो तौल घटाउँछु भन्ने योजनाका साथ लाग्नु भयो भने तौल घटाउन सजिलो हुन्छ र तौल घटाउँदा स्वास्थ्यमा हुने कुनै पनि समस्या देखा पर्दैन। कसरी हुन्छ मोटोपन ?

    मोटोपना के हो ? यो कसरी हुन्छ रु भन्ने बारेमा पनि बुझ्न जरुरी हुन्छ । हामीले दिनभरी खाएको खानाबाट क्यालोरी आउँछ । क्यालोरीलाई एक्सरसाइजबाट लस्ट गर्न सकेनौं भने बोसोको रुपमा शरीरमा बस्न थाल्छ । बोसो छालाको मुनि र पेट तथा शरीरको विभिन्न अङ्गहरु पनि टाँसिएर बसेको हुन्छ । 

    बोसो जब तपाईँ खाना खानुहुन्न त्यो समयमा प्रयोगमा आउँछ इनर्जी र क्यालोरीको लागि प्रयोग हुन्छ । तर अनावश्यक धेरै खाएर भएको बोसोको विभिन्न किसिमको रोगहरुसँग सम्बन्ध जोडिएको हुन्छ । 

    अर्को एउटा कुरा बुझ्न के जरुरी छ भने हाम्रो शरीर सञ्चालको लागि सामान्य रुपमा क्यालोरी चाहिन्छ । मैले भन्न खोजेको हामी निदाएको समयमा पनि हाम्रो मस्तिष्क, मुटुलगायत धेरै अङ्गहरु सञ्चालनमा हुन्छन् । 

    सञ्चालन भएका अङ्गलाई मेन्टन गर्नको लागि क्यालोरी चाहिन्छ । कसैलाई कम खाँदा पनि मोटोपना हुन्छ भने कसैलाई धेरै खादा पनि हुँदैन । यसको कारण भनेको व्यक्ति विशेष स्ट्रकचर, फिजियोलोजी र फङ्सन अनुसार भरपर्ने कुरा हो । तर थोरै खाए पनि मोटोपना हुन्छ भने के बुझ्नु पर्छ भने त्यो व्यक्तिले अलि मेहेनत गर्नुपर्ने जरुरी छ । बढी क्यालोरी हुने खानेकुरा कुरा कम खानुपर्छ । 

    क्यालोरी खर्च हुने गरी व्यायाम गर्नुपर्छ । अनावश्यक खानपानलाई त्यागौँ चिया, मिठाई, केक, बिस्कुट, मदिराजस्ता खानेकुरा सकेसम्म नखाँदा राम्रो हुन्छ । यस्ता खानेकुरालाई हामीले खानामा गन्दैनौँ तर क्यालोरी अर्थात शरीरमा बोसोको मात्रा बढाउने खानेकुराहरु भने यिनै हुन् । यस्ता खानेकुराहरु भोक नलागे पनि यतिकै खाइन्छ ।

    यस्ता खानेकुरालाई घटाउने हो भने मोटोपना यतिकै घटाउन सकिन्छ । तौल बढ्ने पहिलो कारण भनेको तपाईँ अनावश्यक खानुहुन्छ । दोस्रो कारण जति खाएको खानालाई घटाउनु पर्ने अर्थात व्यायाम गर्नुपर्ने हो त्यो भएको हुँदैन । 

    Motopan.JPG

    प्रायः तौल बढी भएका व्यक्तिहरुमा के कारण रहेको छ भने धेरै खाने र कम व्यायाम गर्ने । मानौ कुनै व्यक्तिको तौल ६० किलो छ । ऊ दिनमा ४ पटक खाना खान्छ र दिनमा ३ किलोमिटर हिँड्छ भने उसको तौल ब्यालेन्समा हुन्छ । खानालाई बढाइयो तर व्यायामलाई बढाइएन भने तौल अवश्य बढ्छ ।

    आफ्नो दैनिक क्रियाकलापमा १० देखि १५ प्रतिशत बढाउने र खानामा १० प्रतिशत घटाउने हो भने २० देखि ३० प्रतिशत तौल नियन्त्रण हुन्छ ।

    तौल घटाउने अन्य टिप्सः

    - साहकारी खानेकुराहरुमा क्यालोरी कम हुन्छ । 

    यस्ता खानाहरुमा फाइवर पाइन्छ जसले तौल नियन्त्रणमा मद्धत गर्छ ।

    – सलाद, फलफूल, सागपातमा जोड दिनुपर्छ ।

    – हप्ता या १० दिनमा एक पटक मात्रै मासुजन्य खानेकुराहरु खादा मोटोपन घटाउन सकिन्छ ।

    – शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।

    साताको लोकप्रीय