यी कारणले रियलमीको वाच ‘एस’ तपाईका लागि उत्कृष्ट साथी, नेपाली बजारमा कति पर्ला मूल्य ?

यी कारणले रियलमीको वाच ‘एस’ तपाईका लागि उत्कृष्ट साथी, नेपाली बजारमा कति पर्ला मूल्य ?

अर्थ डबली
शुक्रवार, साउन ८ २०७८
अर्थ डबली
शुक्रवार, साउन ८ २०७८ (अर्काइभ बाट)
  • यी कारणले रियलमीको वाच ‘एस’ तपाईका लागि उत्कृष्ट साथी, नेपाली बजारमा कति पर्ला मूल्य ?

    काठमाडौँ / विश्वमा तीव्र गतिमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादन अन्तर्गत रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ ।

    images
    images

    रियलमीले बजारमा गोलो स्क्रिनमा उपलब्ध हुने दोस्रो स्मार्ट घडी ल्याएको हो । ३.३ सेमिको ठूलो रङ्गिन टचस्क्रिन भएको यस घडीम पाँच तहको अटो ब्राइटनेससहित यसको डिजाइन गरिएको छ । 

    यसैगरी रियलमी वाच ‘एस’ स्मार्ट घडीले मुटुको वास्तविक गति मापन र शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ । साताका सातै दिन र चौबीसै घण्टा स्वास्थ्य सहायक ट्रेन्डसेटिङ्ग स्मार्ट घडीको रूपमा यसले आफ्नो उपस्थिति जनाएको छ । नेपाली बजारमा यसको मूल्य रु ९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

    स्वचालित ब्राइटनेस स्क्रिन र प्रिमियम बनावट
    रियलमी वाच ‘एस’ घडी ३.३ सेमिको फराकिलो टचस्क्रिन सहित रगिंन ३६० X ३६० पिक्सल (२७८ पीपीआई) उच्च रिजोलुसन रहेको कम्पनीको दावी छ । 

    यसको प्रतिक्रियाशिल टचस्क्रिनका कारण झट्ट हेर्दा अरुलाई आकर्षक देखिन्छ । यसको  आयतन वर्ग डायल प्रदर्शन क्षेत्र १५७ प्रतिशतसम्म भएको कारण ग्राहकहरूले आकर्षक देख्ने र मन पराउने कम्पनीो दावी छ । 

    रियलमी वाच ‘एस’ घडीले ५ तहको स्वचालित ब्राइटनेस स्क्रिनका साथै यसमा उच्च स्तरमा ब्राइटनेस ६ सय निटसम्मको पहुँचमा हुने अर्थात एकदमै उज्यालो हुने मध्यान्हको समयमा पनि स्पष्ट रूपमा घडी हेर्न सकिन्छ । 

    १००+ स्टायलिस वाच फेस अन्तर्गत रियलमीले प्रयोगकर्ता तथा प्रसिद्ध डिजाईनरसँगको सहकार्यमा रियलमी वाच एस को ट्रेंडि डायलहरू डिजाईन गरिएको छ ।

    रियलमीको यस घडीमा अन्य उच्चस्तरका प्रिमियम सामग्रीहरूको प्रयोग गरिएको र बडी ६०६३ आल्मोनियम अलोयबाट बनेको बताइएको छ । जसले गर्दा घडी बढी मजबूत र कम तौलको रहेको छ । यसको स्ट्राप (पेटी) उच्चस्तरको तरल सिलिकोनले बनेको छ जुन टिकाउ, नरम र स्कीन– फ्रेन्ड्ली रहन्छ । कालो, निलो, हरियो र सुन्तला रंग मा यसको स्ट्रापहरू उपलब्ध छन् । २.५ डी कर्निङ गोरिल्ला ग्लास रहेको यो निर्बाध र अधिक सहज टच प्रदान गर्छ ।

    २४/७ स्वास्थ्य सहायक 
    स्वास्थ्य सहायकको रूपमा रियलमी वाच ‘एस’ स्मार्ट घडी उच्च सटिक पिपिजी अप्टिकल हृदयदर सेन्सरद्वारा निर्मित छ जसले २४÷७ तपाईँको मुटुको धनड्कनको गति मापन गरिरहेको हुन्छ । यसैगरी रियलमी वाच ‘एस’ स्मार्ट घडीले मुटुको वास्तविक गति मापनका साथै शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ । 

    मुटुको धड्धनको गति उच्च वा न्यून भयो भने यसले सतर्क गराउँछ । यसले १६ स्पोर्टस मोड समर्थन गर्नेमा रक्त–अक्सिजन मूल्याङ्कन, सक्रियता क्षमता परीक्षण, तपाई कति पाइला हिड्नुहुन्छ त्यसको आराम, पानी, निद्रा, मेडिटेसन अभ्यास लगायतको सूचना ठीक ढङ्गमा जानकारी लगायत दिने काम गर्छ । 

    एआईओटी स्मार्ट हब तथा तपाईँको स्मार्टफोनको उत्तम सारथी
    रियलमी वाच ‘एस’ घडीबाटै स्वचालित रूपमा तपाईँको फोन अनलक गर्न सकिन्छ, जुन छिटो र सुविधा सम्पन्न छ । मानिसहरुले आजकल मास्क लगाउनुपर्ने भएकोले यो यस्तो परिस्थितिमा उपयोगी हुने बताइएको छ । 

    संगीत सुन्न प-यो अथवा फोनको क्यामेरा अन गर्न प-यो भने रिमोर्ट कन्ट्रोलको रूपमा यसबाटै गर्न सकिन्छ भने यसैगरी घडीमै कसको फोन आएको हो भन्ने जानकारी पाउन सकिने भएकाले कल उठाउन र काट्न सकिने सुविधा यसले दिएको छ । 

    महत्वपूर्ण कुरा के छ भने रियलमी एआईओटी रणनीतिक अंशको रूपमा कम्पनीले यसको निर्माण गरकोेले र यो कम्पनीको एआईओटीमा महत्वपूर्ण उत्पादन मध्ये एक हो । नयाँ ओटीए अपडेटका कारण यो घडीलाई अन्य बहु एआईओटी उपकरणसँग टाढैबाट लिंक गर्न सकिने भएकाले स्मार्टफोन नखोलेरै टाढैबाट अपरेट गर्न सकिन्छ । 

    ‘विश्वमा तीव्र रुपमा विस्तार हुदैु गएको एआईओटी ब्राण्ड’ लक्ष्य अनुसार २०२१ मा रियलमीले एआईओटी उत्पादन गरिरहेको छ, र त्यहीँ कारण हो कम्पनीले युएनआई स्मार्ट एआइओटी उत्पादनलाई रियलमीसँग लिंक गर्ने र ‘निजी प्रयोजन, घरायसी प्रयोजन र यात्राको प्रयोजनका रुपमा तपाईँले प्रयोग गरेकामध्ये ३ मा १ ट्रेन्डसेटरको उच्च ४ स्मार्ट हबको अनुभूति प्रदान गर्नेगरी कम्पनीले काम गरिरहेको छ ।

    साताको लोकप्रीय