काठमाडौँ / लक्ष्मी इक्विटी फण्डले ईकाईधनीहरूलाई ३५ प्रतिशत नगद लाभांश (करसहित)वितरण गर्ने प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ ।
लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतको लक्ष्मी इक्विटी फण्डले आर्थिक बर्ष २०७७/०७८ को लागि योजनाको ईकाईधनीहरूलाई लाभांश वितरण गर्ने भएको हो ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अनुसार ईकाईधनी दर्ता किताब यही साउन १५ गते एक दिनका लागि बन्द रहनेछ । लक्ष्मी इक्विटी फण्ड लक्ष्मी बैंकद्वारा प्रवद्धन गरिएको लक्ष्मी क्यापिटल लिमिटेड व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालन भएको योजना हो ।