आजदेखि लामो तथा छोटो दुरीको सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन

आजदेखि लामो तथा छोटो दुरीको सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन

अर्थ डबली
शुक्रवार, साउन ८ २०७८
अर्थ डबली
शुक्रवार, साउन ८ २०७८ (अर्काइभ बाट)
  • आजदेखि लामो तथा छोटो दुरीको सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन

    काठमाडौँ / आज शुक्रबारदेखि लामो तथा छोटो दुरीको सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन भएको छ । 

    images
    images

    शुक्रबार सरकार र यातायात व्यवसायी मजदुरहरूको संयुक्त बैठकले यातायात सेवा पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो । 

    बैठकमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय, काठमाडौंका जिल्ला प्रमुख (सीडीओ) कालीप्रसाद पराजुली, महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी वरिष्ठ उपरिक्षक अशोक घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक विष्णुप्रसाद भट्ट, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरिक्षक सुनिलजङ्ग शाहीसहित यातायात व्यवसायी मजदुरहरू सहभागी थिए । 

    बैठकले दुई महत्वपूर्ण निर्णय गर्दै आवश्यक स्वास्थ्य सुरक्षाका अधिकतम् मापदण्ड प्रयोग गर्ने सर्तमा शुक्रबार देखि नै सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीले बताए । 

    बैठकले गत साउन ५ गतेको गृहमन्त्रालयको पत्रअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम काठमाडौं उपत्यकाबाट मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी सञ्चालन गर्ने निर्णय गरेको हो । 

    त्यस्तै, प्रस्थान विन्दुबाट यात्रुबाहक बस प्रवेश विन्दुमा प्रवेश गर्दा अनिवार्य रुपमा यात्रुहरूको मोबाइल नम्बरको विवरणसहित चलानी प्रवेश विन्दुको ट्राफिक प्रहरी पोष्टमा बुझाउनु पर्ने बैठकको निर्णय छ । 
    कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञाका कारण सार्वजनिक यातायात प्रभावित हुँदै आएको छ । 

    1.JPG

    2.JPG

    साताको लोकप्रीय