कृष्णा फाउन्डेसनले इन्डिया पढ्न जाने विद्यार्थीलाई सहजीकरण गर्ने,कस्ता विद्यार्थीले पाउछन् पूर्ण छात्रवृत्ति ?

कृष्णा फाउन्डेसनले इन्डिया पढ्न जाने विद्यार्थीलाई सहजीकरण गर्ने,कस्ता विद्यार्थीले पाउछन् पूर्ण छात्रवृत्ति ?

अर्थ डबली
शुक्रवार, साउन ८ २०७८
अर्थ डबली
शुक्रवार, साउन ८ २०७८ (अर्काइभ बाट)
  • कृष्णा फाउन्डेसनले इन्डिया पढ्न जाने विद्यार्थीलाई सहजीकरण गर्ने,कस्ता विद्यार्थीले पाउछन् पूर्ण छात्रवृत्ति ?

    काठमाडौँ / कृष्णा फाउन्डेशनले एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई मेरीटको आधारमा भारतीय दुतावासले प्रदान गर्ने सतप्रतिशत छात्रवृत्तिको बारेमा जानकारी प्रदान गरेको छ । 

    images
    images

    भारतका उत्कृष्ट बिश्वबिद्यालय, कलेज र इष्टिच्यूटहरूमा उच्च शिक्षा हासिल गर्ने उदेश्यले जान चाहने बिद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको फाउन्डेशनले विद्यार्थीहरूलाई सहज होस् भन्ने उद्देश्यले सो जानकारी प्रदान गरेको हो । 

    फाउन्डेशनले भारतका उत्कृष्ट बिश्वबिद्यालय, कलेज र इष्टिच्यूटमा आफै गएर त्यस शैक्षिक संस्थामा रहेको पुर्वाधार, शिक्षाको गुणस्तर,  अन्तर्राष्ट्रिय विद्यार्थीहरूका अनुभव र छात्रवृत्तिका बारेमा जानकारी प्राप्त गर्ने गरेको संस्थाका निर्देश सन्तोष कुमार चौधरीले दावी गरे 

    उनले सो जानकारी विद्यार्थी र अभिभावकहरूलाई सत्य तथ्य रूपमा प्रस्तुत गर्ने बताए । 

    हाल शैक्षिक सत्र २०२१/२२ को लागि भर्ना प्रकृया अगाडि बढाउने समयमा कृष्णा फाउन्डेशनले यो स्कलरसिप इन इन्डियन युनिभर्सिटीज  प्रेस मिट एण्ड इन्फर्मेसन सेसनको आयोजना गरेको हो । 

    भारतीय दुतावास काठमाडौँले प्रत्येक बर्ष मेधावी र मेहनती विद्यार्थीहरू लाई मेरीटको आधारमा सतप्रतिशत छात्रवृत्तिमा भारतका उत्कृष्ट बिश्वबिद्यालय र कलेजमा पढ्नको लागि पुर्ण छात्रवृति कम्पेक्स स्कलरसिप २०२१ मार्फत प्रदान गर्दै गर्दै आएको छ । 

    अगस्ट ४ तारिखसम्म आबेदन दिने अन्तिम मिति रहेको यस छात्रवृत्तिमा अन्डरग्याजुएट प्रोग्राम बिई इन्जेनियरिङ, फार्मेसी, एग्रिकल्चर, फुड टेक्नोलोजी र वि.एसी नर्सिङका शैक्षिक सत्र २०२१/२२ का लागि बिद्यार्थीहरूले आवेदन दिन सक्ने व्यवस्था गरेको छ । 

    कृष्णा फाउन्डेशनले कम्पेक्स स्कलरसिपको फर्म भर्नका लागि विद्यार्थीहरूलाई सहज होस् भन्ने उद्देश्यले अनलाइन काउन्सिलिङ टीम मार्फत सहयोग गर्दै आएको छ । संस्थाले आफ्नै कार्यालयमा पनि विद्यार्थी र अभिभावक आएर फारम भर्न सक्ने बताएका छन् । 
    संस्थाका एड्मिसन मेनेजर सुभाष केसब कोइरालाले कोरोनाको महामारीका कारण कम्पेक्स स्कलरसिप टेस्ट कम्पुटर वेसमा अगस्टको चौंथो साता परीक्षा लिइने जानकारी दिए । 

    कक्षा १२ पास गरेका र परीक्षा दिएका दुबै बर्गका विद्यार्थीले यो स्कलरसिप टेस्ट दिन मिल्ने भारतीय दुतावासले प्रकाशित गरेको छात्रवृत्ति फाराममा उल्लेख छ । कक्षा १२ मा ६० प्रतिशत प्राप्ताङ्क ल्याएका विद्यार्थीहरूले यो छात्रवृत्ति दावी गर्न सक्नेछन् । 

    साताको लोकप्रीय